श्रीमतीको हत्याराले हाँस्दै भने- ’दशा लागेको थियो दाउरोले टाउकोमा हानेर मारीदिए’
Advertisement
रुपन्देही , असार–१९ । हिजो साँझ श्रीमतिलाई बाँसको दाउरोले हानेर हत्या गर्ने गुल्मी पल्लीकोटका अभियुक्तले श्रीमतिको शव अगाडी बसेर हास्दै दशा लाथ्यो हानेर मारे भनेर प्रहरी संग स्वीकार गरेका छन् ।
हिजो साँझ करिव साढे चार वजेको समयमा पल्लीकोट २ ठुलापोखरामा ४६ वर्षिया श्रीमति भिमकली सन्यासीलाई बाँसको दाउरोले टाउकोमा हानेर हत्या गर्ने ५४ वर्षिय खिमबहादुर सन्यासीले त्यसरी हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामप्रकाश पौड्यालले भने–‘ हिजो निजले घटना स्थलमा हाँस्दै भन्दै थियो–‘ दुबै जनाले रक्सी खाईयाथ्यो दशा ला’को बेलामा हानेर मारे । ’
दिनभरी श्रीमान श्रीमतिले वारीमा संगै काम गरी साँझ घर फर्किने बेलामा रक्सी सेवन गरी झगडा सुरु भए पछि पल्लीकोट २ का होमबहादुर सोमरेको घरको करेसोमा रहेको वाँसको दाउरोले प्रहार गरी सन्यासीले श्रीमतिको हत्या गरेको प्रहरी निरीक्षक पौड्यालले बताए ।
हत्या गरेको देखे पछि सन्यासीलाई स्थानियले बाँधेर राखी प्रहरीलाई खवर गरेका थिए । उनकी २८ वर्षिया छोरी धनमाया झाँक्रीका अनुसार उनका बाबुले भन्दा बढि मदिरा सेवन आमाले पहिल्लै देखि गर्ने गरेकी थिईन् ।
उनले भनिन्– चौविसै घण्टा रक्सी खाएर आमाले वुवालाई सताउँदै आउनु भएको थियो । घरमा बसेर खान नपकाई दिने सधै रक्सीले मात्तिएर झगडा गर्ने गर्नु हुन्थ्यो । घरमा खान नपाक्दा वुवाले विस्कुट र पानीको भरमा काम गर्नु हुन्थ्यो ।
पहिला वुवा भारतमा नोकरी गर्नु हुन्थ्यो । उहाँले कमाएको पैसा सवै आमाले सक्नु भयो । वुवा हैरान भएर आमालाई सुधार गर्नका लागि चार वर्ष अघि घर आउनु भएको थियो तर आमा सुध्रिनु भएन । सुधार्न खोज्दा उल्टै यस्तो घटनाा घट्यो ।’
मृतकका उनि सहित दुई छोरा दुई छोरी छन् । २५ वर्षिय छोरा ताराबहादुर भारतमा छन् । १९ वर्षिय अर्की छोरीको पनि विवाह भई सकेको छ । अहिले घरमा १० वर्षिय छोरा मात्र छन् । जाहेरी दिने मृतकका भाई एमबहादुर टण्ङनामी भन्छन्–‘ सव यो जाँड रक्सीले निम्ताएको घटना हो । ’
उनले पनि आफ्नी दिदी भिमकली सधै रक्सी खाएर हिड्ने गरेको बताए । उनले थपे–‘ दिनभरी आफ्नै वारीमा संगै काम गरेका उनिहरु रक्सी खाएर झगडा नगरेको भए यस्तो घटना हुँदैनथ्यो ।’मृतक सन्यासी थरका मगर समुदायका हुन् । उनिहरुको घर पल्लीकोट ३ मा पर्दछ ।
हत्या अभियोगीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि तम्घास अस्पतालमा राखिएको छ । जाँड रक्सीले विगतमा पनि यस्ता थुप्रै घटना घटेका थिए ।
एक महिना अघि सिमिचौरमा पनि रक्सी खाएर झगडा गर्ने क्रममा एक जना पुरुषले श्रीमतिलाई घाँटी निमोठेर हत्या गरी आफुले घरमै झुण्डीएर आत्मा हत्या गरेका थिए । गत जेठ महिनामा सिमीचौरका रामु नेपालीले श्रीमति लक्ष्मीलाई मारेर र आफुले झुण्डएर आत्मा हत्या गरेका हुन् ।
Advertisement