नेपाली कामदारको तलब बढ्यो, कति पुग्यो ?
Advertisement
२०७२ असार २४ गते
काठमाडौं, २४ असार । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको तलब ८ प्रतिशतले बढेको छ ।
सीमित तलबमा रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदारको तलब ८.१ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समितिले न्यूनतम पारिश्रमिकमा ८.१ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौला कम्पनीमा कार्यरत नेपाली कामदारहरुले न्यूनतम पारिश्रमिक १ लाख १५ हजार रुपैयाँ अर्थात १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका छन् ।
बुधवार बसेको ज्याला निर्धारण समितिको बैठकपछि तीन पक्षबीच समझदारी हुन नसकेपछि राति मतदान भएको थियो । मतदानमा तलब बढाउनेतर्फ धेरै मत प्राप्त भएका थिए ।
जसअनुसार तलब बढाउन लागिएको हो । आगामी वर्षबाट श्रमिकको तलब प्रति घण्टा ६ हजार ३० वन हुने छ । अहिलेको ५ हजार ५८० प्रति घण्टा तलब बुझ्दै आएका छन् ।
स्रोत - दैनिक नेपाल
Advertisement