फेरी अर्को मन्त्रीले महिला डाक्टरको गोप्य अंगमा हात लगाएपछि.......
Advertisement
एजेन्सी : नेपालमा धान दिवसका दिन कृषिमन्त्री हरिप्रसाद पराजुलीले अभद्र शैलीमा महिलाहरुलार्इ समाएको खबरले हंगामा गरिरहँदा भारतमा त्यस्सै घटना हुन पुगेको छ ।
भारतको जम्मु कश्मीर सरकारका मन्त्री चौधरी लाल सिंहले एक महिला डाक्टरलार्इ छोएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मनत्री चौधरी लाल सिंहलले जम्मु कश्मीरकै एक महिला डाक्टरको कलर छोएको फोटो सार्वजनिक भएपछि उनको पद नै धरापमा परेको छ । सामाजिक सञ्जालमा यो फोटो हालिएपछि उनीमाथि गालीगलौज शुरु भएको छ।
भारतीय स्वास्थ्य मन्त्री तथा बीजेपी नेता लाल सिंह अमरनाथ यात्रा जानुपहिले यात्राको तयारीबारे बुझ्न मन्त्री चौधरी लाल सिंह लखनपुरको सरकारी अस्पतालमा पुगेका थिए । अस्पतालमा उनले एक महिला डाक्टरको कलर नमिलेको देखेपछि उनले मिलाइदिएका थिए ।
‘मन्त्री महिला डाक्टरकव नजिक गए अनि उनीसँग भने, ...नानी तिम्रो कलर मिलेको छैन', एक प्रत्यक्षदर्शी सरकारी अधिकारीले भने, 'मन्त्रीले महिला डाक्टरको नमिलेको कलर मिलाइदिए । महिला डाक्टरले कुनै विरोध गरिनन् ।'
ती अधिकारीका अनुसार यो दृश्य देखिरहेका अन्य महिला डाक्टरहरुले पनि आफ्नो कलर मिलाएका थिए । ‘त्यहाँ धेरै भीड थियो । मलार्इ पनि लाग्छ, मन्त्रीले सरकारी अस्पतालमा गलत आसयले महिला डाक्टरलार्इ छोए', ती अधिकारीले भने ।
मन्त्री चौधरी लालसँगै स्वास्थ्य र चिकित्सा शिक्षा विभागका सचिव डाक्टर मन्दीप भण्डारी र भारतीय प्रहरीका एसपी नासिर खान पनि थिउ ।
यसै वर्षको फेब्रुअरीमा सिंहमाथि एक महिला डाक्टरले मानसिक यातना दिएको आरोप लगाएका थिइन् । त्यो बेला पनि मन्त्री चौधरी लालले एप्रन नबोकेको भन्दै ती महिला डाक्टरलार्इ छेडछाड गरेको आरोप लागेको थियो ।
Advertisement