आज शुक्रबार चीनमा शक्तिशाली भूकम्प गयो
Advertisement

काठमाडौ, असार १८ - चीनमा शक्तिशाली भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको सो भूकम्प चीनको दक्षिण प्रान्तको सिन्जियाङको होान सहर नजिकै गएको युएस जियोलोजिकल सर्भेले बताएको छ ।


शुक्रबार बिहान नेपाली समय अनुसार ६ बजेर ५२ मिनेटमा भूकम्प गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पले अहिलेसम्म मानवीय तथा भौतिक क्षति पुर्‍याएको खबर आएको छैन ।

प्रकाशित मिति: २०७२ असार १८ ०७:४२

Advertisement



प्रतिक्रिया दिनुहोस्...