‘बोक्सी विद्या’ सिक्न भन्दै बालकको बली चढाउनेलाई जन्मकैद बली दिने दुई जनालाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला
Advertisement

हेटौंडा । बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकलाई बली दिने दुई जनालाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।पुनरावेेदन अदालत हेटौंडाका न्यायाधीश कुमारप्रसाद पोख्रेल र सरिता शर्माको संयुक्त इजलासले रौतहट जिल्ला समनपुर गाविस-८ बस्ने महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको हो ।

अन्धविश्वासमा लागेर अमानविय कार्यगरी बालकलाई हत्या गरेको भन्दै दुवै जनालाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकृत बद्रीप्रसाद लामिछानेले जानकारी दिए ।महवादेवीलाई रौतहटको जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि धामी छविलाल राय यादवलाई भने सफाइ दिएको थियो ।यादव र राय मिलेर २०६९ साल जेठ ६ गते राती १२ बजेको समयमा सर्लाही जिल्ला मानपुर गाविस-९ बस्ने गणेश राय यादवका छोरा नितेश राय यादवलाई टाउको काटेर बली दिएका थिए ।
बोक्सीको शिद्धी प्राप्त गर्ने नाममा महवादेवीले धामी छविलालसँग मिलेर आफ्नै नन्दको छोरा (भान्जा) लाई बलि दिएको उल्लेख छ । नन्दले तीन वषर्ीय भान्जालाई लिएर माइत आएको समय पारेर घर भित्रै टाउको काटेर बली चढाएको थियो ।बालकको टाउको काटेर घर नजिकैको वाग्मती नदी किनारमा फालेर शरीर घरको पूजा कोठामा खाल्डो खनेर महवादेवीले पुरेकी थिइन् । धामीकै योजना, निर्देशन र सँगैबसेर पूजापाठ गर्दै बोक्सीको सिद्धीप्राप्त गर्नका लागि नाबालकको टाउको काटिएको थियो ।
तर रौतहट जिल्ला अदालतले भने उनलाई सफाइ दिएपनि पुनरावेदन अदालत हेटौंडाले भने सर्वस्व सहित जन्मकैदको फैसला धामीलाई पनि गरेको छ । नाबालकको हत्या गरेपछि धामी छविलाल लामो समयसम्म फरार रहेका थिए ।रौतहट जिल्ला अदालतले २०७० साल बैशाख ३ गते महवादेवीलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेपनि धामी फरार भएकाले उनकोे बिषयमा अदालतले केही पनि भनेको थिएन ।
तर त्यसको डेढमहिना पछि जेठ १७ गते धामी छविलाल रौतहट जिल्ला अदालतमा उपस्थित भएर सोही दिनमा सामान्य तारेखमा छुटेका थिए ।उनलाई रौतहट अदालतले २०७० असार ९ गते भने अभियोग दाबीबाट सफाइ दिएको थियो । त्यतीबेला सफाइ दिएपनि अहिले पुनरावेदन अदालत हेटौंडाले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । धामी छविलला भने फरार रहेका छन् ।source:nepalikhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...