युनिटी ठगी काण्डका नाइके विष्णु क्षेत्रीको हत्या... (हत्या असत्य रहेको प्रहरीको भनाई)
Advertisement

२३ असार, काठमाडौं । युनिटी ठगी काण्डका नाइके विष्णु क्षेत्रीको हत्या भएको भन्दै उनका दाजूले कृष्ण क्षेत्रीले फेसबुकमा शोक व्यक्त गरे । उनले एउटा तस्बिर पनि राखे जसमा विष्णु जस्तै अनुहार भएको व्यक्ति ‘लाशको मुद्रामा’ छन् । तर, विष्णुकी श्रीमती श्रीषाले भने समाचारलाई ‘बकवास’ को संज्ञा दिएकी छिन् ।

‘जिउदो मान्छेलाई मर्‍यो भनेर हल्ला फैलाउने को हो ?’ अनलाइनखबरले फोन गर्दा उनले उल्टै प्रतिप्रश्न गरिन् । फेसबुकमा फोटो पनि आएको छ नी भनेर सोध्दा उनी कड्किइन् ‘जसले राखेको हो उसैलाई सोध्नुस ।’ श्रीषा सुरुमा तपाईंलाई मेरो नम्बर कसले दियो भन्दै जंगीएकी थिइन् । ‘मेरो फोन नम्बर फेमिली मेम्बरबाहेक कसैलाई पनि थाहा छैन, तपाईंलाई कसले दियो’ भन्दै उनले पटक-पटक सोधिन् ।
अनलाइनखबरले सुरुमा श्रीषाको घरमा सम्पर्क गर्दा उनका भाईले फोन रिसिभ गरेका थिए । उनले कृष्ण क्षेत्री भन्ने व्यक्ति विष्णुको दाजू नै भएको बताए । कृष्ण हाल नेपालमा नरहेको उनले जानकारी दिए ।
प्रहरीले पनि यो घटनालाई ‘पुष्टि हुन नसकेको’ जनाएको छ । प्रहरी प्रवक्ता कमलसिंह बमले हत्यको विषयमा कुनै जानकारी नआएको बताए । ललितपुर प्रहरीले पनि यसबारे अनभिज्ञता दर्शाएको छ । युनिटीलाई अवैध घोषणा गरेर कारवाही गरेपछि विष्णु फरार रहदै आएका छन् । उनी युनिटी नेटवर्कका प्रमुख व्यक्ति थिए ।
दाजु कृष्णले लेखेः भिमसेनको जस्तै मरण भो भाईको
Dath-of-Bishnu-Chhatri
विष्णुका दाजू कृष्णले फेसबुकमा लेखेका छन् : अलबिदा तिमी विष्णु भाईले स्वर्गमा बास लिनु । देश बनाउनछु भनेर हिनेको थियौ, आज तिमीमाथी सांघातिक आक्रमण भयो । गोली हानियो । तिम्रो आत्माले शान्ति पाओस । देशमा राम्रा मान्छेहरुलाई यस्तै गरिन्छ । न मैले देख्न पाए न घर परिवारले । आखिर तिमी माथी भएको अत्याचारमा म सधैं लड्ने छु तिमीलाई उठाएर दाह संस्कार गर्ने साथीहरु मोहन पराजुली, अभिषेक लामा, बिकास बन्जाडे, शुसीला कोइरालाहरुलाई म आत्मादेखि सम्मान गर्छु । आज देशले एउटा सच्चा सपुत गुमाएको छ ।
जसरी भिमसेन थापा गुमाएको थियो । अलबिदा भाई अलबिदा अलबिदाइ । सबै युनिटीयन साथीहरुलाई म यो जानकारी दिन्छु कि युनिटी खोल्न भनेर काठमाडौंमा बसेको विष्णु क्षेत्री मारियो । यदी माया भए १ दिन शोक मनाउन अनुरोध गर्दछु । मैले मेरो लाइफमा दाहिने हात गुमाए । आज म कति रोए त्यो मलाई मात्र थाहा छ । हामी हार्न हुन्न । देश जसरी पनि बनाउने हो ।source:onlinekhaber



Advertisement



प्रतिक्रिया दिनुहोस्...