जसले जे भने पनि मतलव छैनः सन्नी
Advertisement
मुम्बई । सन्नी लियोनीले आफुलाई ‘बेम.तलब केटी’ भनेर टिप्पणी गर्ने राखी सावन्त र सेलिना जेट्लीले जे भने पनि कुनै फरक नपर्ने बताएकी छिन् । आफु राम्रो कामका लागि बलिउड प्रवेश गरेको धारणा राख्दै सन्नीले भनिन् ‘मेरो वारेमा कसले के भन्छ ध्यान दिन्न । आफ्नो काममा सक्रिय हुन्छु ।’
बलिउडका धेरै कलाकार सभ्य भएको धारणा राख्नै सन्नीले आफ्नो वारेमा जसले जे भने समस्या नपर्ने बताईन् । ‘मेरो वारेमा के टिप्पणी गर्छन् त्यो मेरो समस्या होईन । उनीहरुको समस्या हो ।’ उनले भनिन् ।
केही महिना अघि राखीले सन्नीको कारण बलिउड हिरोईनहरु छोटो कपडा लगाउन वाध्य भएको भन्दै सन्नीलाई भारतवाटै निकाल्नुपर्ने टिप्पणी गरेकी थिईन् ।

Advertisement



