शुक्रबार ६.५ म्याग्निच्यूडको भूकम्प
Advertisement
सिड्नी: सोलोमोन द्वीपमा शुक्रबार ६.५ म्याग्निच्यूडको भूकम्प गएको समाचार छ ।
सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन ।
सोलोमोन द्वीपको राष्ट्रिय प्रकोप नियन्त्रण कार्यालयका प्रवक्ताले यस भूकम्पको कारण मानवीय र भौतिक नोक्सानीको कुनै विवरण हालसम्म प्राप्त नभएको बताएका छन ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका सुरुमा यो भूकम्प ७.० म्याग्निच्यूडको भएको जनाइएको थियो । शुक्रबार आएको ६.५ म्याग्निच्यूडको भूकम्पपछि ५.३ म्याग्निच्यूडको पराकम्पन आएको बताइएको छ ।
सन् २०१३ मा सोलोमोन द्वीपमा आएको ८.० म्याग्निच्यूडको भूकम्पपछि आएको सुनामीमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी कयौँ भवनहरु ध्वस्त भएका कारण हजारौँ व्यक्ति घरवारबिहीन भएका थिए । source:annapurnapost
Advertisement