,एकै युवतीसँग सबै भाइको विवाह
Advertisement

एजेन्सी, २३ असार । महाभारतमा पाँच पाण्डवका एउटै पत्नि भएको सुनिएपनि अहिले पनि यो प्रथा कायम रहेको छ । विवाह गरेर जाने घरका सबै दाजुभाइलाई एक युवतीले आफ्नो पति स्वीकार्नु पर्ने अवस्था भारतको एक प्रदेशमा कायम रहेको छ ।

हिमाञ्चल प्रदेशको किन्नौर क्षेत्रमा अहिले पनि बहुपति प्रथा कायम रहेको हो । एकै घरका सबै दाजुभाइहरुले एक युवतीका साथ विवाह गर्न चलन रहेको हो । आफ्ना धेरै पति मध्य कुनै एकको मृत्यु भएको खण्डमा युवतीलाई शोक मनाउन भने दिँदैनन् ।
यस्तै विवाह पश्चात यस सबै परम्परा एउटा टोपीमा निर्भर रहन्छ । यदी सबै भाइको एकै पत्निसँग विवाह भएको छ भने कुनै भाइ पत्निसँग रहेको छ भन्ने संकेत सोही टोपीले गर्छ । कुनै भाइ पत्निसँग रहँदा उसले आफ्नो टोपी कोठको बाहिर ढोकामा झुण्ड्याएको हुन्छ । जब सम्म टोपी ढोकामा रहन्छ तव सम्म अर्काे भाइ सो स्थानमा जान पाउँदैन । यसले दाजुभाइबीचको मान मर्यादा कायम रहने विश्वास गरिन्छ ।
source medianp

Advertisement



प्रतिक्रिया दिनुहोस्...