.सन्नी विरुद्ध मुद्दा चलाउन अदालतको आदेश.......
Advertisement

बिहारको एक अदालतले अभिनेता सन्नी देवलका विरुद्ध मुद्दा चलाउन आदेश दिएको छ।

मुज्जफपुर न्यायलयका न्यायाधिस रामचन्द्र प्रासादले शनिबार सुधिर कुमार ओझाले दायर गरेको एक निवेदनको सुनुवाइ गर्दै सन्नी विरुद्ध मुद्दा चलाउन आदेश दिएको हो। अदालतले फिल्म निर्देशक प्रकाश दिवेदी तथा लेखक डा काशीनाथ सिहं सहित अन्य केही व्यक्तिहरुका विरुद्ध पनि मुद्दा चलाउन आदेश दिएको छ।
सन्नी देवल अभिनित फिल्म 'मोहल्ला अस्सी'मा आपत्तिजनक दृश्यको छाँयाकंन गरेको तथा हिन्दूहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै अदालतमा मंगलबार याचिका दायर गरिएको थियो। याचिकामा सो फिल्मका अभिनेता रवि किसन, अभिनेत्री साक्षी तन्वर, सह अभिनेता सौरभ शुक्ला, मुकेश तिवारी आदिकालाई पनि आरोपी बनाइएको छ।
इन्टरनेटमा फिल्मको गालीगौलजले भरिएको ट्रेलर लिक भएपछि फिल्मको विषयलाई लिएर विवाद सुरू भएको छ।source kala.setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...