अब पशुपंक्षीको प्रयोग गरेर भूकम्पको भविष्यबाणी थाहापाउने...
Advertisement
चिनमा वैज्ञानिकहरुले पशुपंक्षीको प्रयोग गरेर भूकम्पको भविष्यवाणी गर्न थालेका छन्।
ज्याङ्सु प्रान्तको राजधानी नान्जिङ्गका भूकम्पीय वैज्ञानिकहरुले चिडियाघर र पार्कहरुमा अवलोकन केन्द्रहरु स्थापना गरेका छन्। यस केन्द्रले हजारौँ पशुपंक्षीको व्यवहारमा परिवर्तन आएको अवलोकन गर्नेछ। यो परिवर्तनले आउन लागेको कम्पनको संकेत गर्नेछ।
नान्जिङ्ग भूकम्पिय ब्यूरोका प्रमुख ‘झाओ बिङ्ग’ भन्छन् “भूकम्पको अघि पशुपंक्षीहरु कहिलेकाही आत्तिने गर्छन”। तर केवल एक पंक्षीको व्यवहारमा अनौठोपनले कहि नराम्रो संकेत गर्दैन। त्यसैले समुहमा अवलोकन गरिएको हो।
pigs (1)होङ्गसान जङ्गली चिडियाघर, अर्को एक अवलोकन केन्द्र, का सदस्य भन्छन् कि पशुपंक्षीहरु पनि भूकम्प आउन अघि पत्ता लगाउन प्रभावकारी हुन सक्छन्। उनी भन्छन, ” चराको जुरा कुकुरको पुच्छर जस्तै हल्लिदैछ भने त्यसलाई बेवास्ता गर्नु हुन्न”।
pigs (2)पशुपंक्षीको व्यवहारले भूकम्पको पूर्वानुमान गर्न मिल्छ भनेर पहिलेदेखि सुन्दै आएको कुरा हो। सन् २०११मा वैज्ञानिकहरुले भनेका थिए कि जनावरहरुले जमिनको पानीमा हुने रासायनिक परिवर्तनलाई पत्ता लगाउन सक्छन् जुन भुकम्पको संकेत हुन सक्छ। उनिहरुको अध्ययन ईटालीको ६.३ रेक्टरको भूकम्प अगाडि पाहहरुले तलाउ छोडेको व्यवहारले उत्साहित गरेको हो। त्यहि वर्ष पेरुको ७.० रेक्टरको भूकम्प अघि जङ्गली जनावरहरुको व्यवहारमा परिवर्तन आएको पनि अवलोकन गरिएको थियो।source:npheadlines
Advertisement