.पाकिस्तानमा सैनिक बोकेको रेल दुर्घटनाग्रस्त
Advertisement

काठमाडौं १७ असार । पाकिस्तानमाको पंजाब प्रान्तमा  सैनिक बोकेको रेल नहरमा खस्दा १२ जनको ज्यान गएको छ ।  पाकिस्तानी अधिकारिका अनुसार सो घटना पुल भत्किएको कारण भएको हो । सो दुर्घटनामा पाँच सेना गम्भीर घाइते छन् भने ८०  घाइतेलाई सामान्य उपचार पछि घर पठाइएको छ ।
पाकिस्तान सेनाका  प्रवक्ता आसिम बाजवाले  ट्वीट गर्दै भने सैनिक बोकेको रेल खारियन जाने क्रममा जमके चट्ठा भन्ने स्थान नजिकैको नहरमा दुर्घटना भएको हो र राहत कार्य जारी छ ।अझै कयौं सेना मारीएको आशंका छ ।
सैन्य प्रवक्ताले दुर्घटनामा १२ सैनिक र एक लेफ़्टिनेंट कर्नल मारीएका पुष्टि गरेका छन्। अहिले सेनाको गोताखोर र हेलिकप्टर बाट  उदार कार्य जारी रहेको छ ।  रेलवे अधिकारिका अनुसार गुढ़ी रहेको  रेल अचानक पुल भत्किएको कारण रेलको इन्जिन र चारवटा डिब्बा नहरमा खसेको थियो ।source lumbini khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...