मुहारमा चमक ल्याउने यी घरेलु उपाय थाहा पाईराखौ
Advertisement
दिन भरिको थकानको कारण मुहारको चमक घट्दै छ ? केहि सामान्य तरिका बाट पुनःत्यो चमक मुहारमा ल्याउन चाहनुहुन्छ ?
चाहनुहुन्छ भने अपनाउनु होस् यी घरेलु उपायहरु:
सफा छाला
यदी सफा छाला छ भने मुहारमा धेरै मेकअपको आवश्यक पर्दैन । कहिले काही काचो प्याज खानाले मुहारमा चमक आउँदछ । यसले मुहारमा दाग धब्बा कम गर्न मदत गर्छ
आँखालाई आराम दिनुहोस
ताजा देखिनको लागि आँखालाई आराम दिनु आवश्यक छ । धेरै समय कंप्यूटरमा नबस्ने आँखाको हल्का रुपमा सधै एक्सरसाइज गर्नुपर्छ।
मुहारमा मास्क लगाउनाले मुहारको त्वचामा रहेका मृत कोशिका हटेर जान्छ। फेस मास्क गर्नाले मुहार ताजा र सफा देखिन्छ ।
स्नान
नियमित स्नानले मुहारमा चमक आउछ १० मिनेट भन्दा बडी समय स्नान गर्नुहुदैन। धेरै समय सम्म स्नान गर्दा छालाको चमक घट्दै जान्छ। ताते पानीले पनि धेरै बेरसम्म स्नान गर्नुहुदैन ,तेस्ले छालामा रातो धब्ब बस्ने गर्दछ ।
नियमित निन्द्रा
दिउँसो प्रय सबैलाई निन्द्रा लाग्ने गर्छ कामको समय मिलाएर ५ मिनेट सुत्दा पनि फाइदा हुन्छ । अनि यसबाट रगतमा सेरोटोनिन हार्मोनको स्तर बढछ सेरोटोनिन हार्मोन मानिसको शरीरमा खुशी पैदा गर्ने गर्दछ ।
ताजा हावा
दिनभरिको थकान मेटाउन ताजा हावाको आवश्यक पर्दछ। बिहान वा बेलुका केहि समय ताजा हावामा हल्का एक्सरसाइजले मुहारमा चमक ल्याउछ ब्रिटेनको एसेक्स यूनिवर्सिटीको अनुसार एक्सरसाइजले मानिसमा ताजगी भर्ने काम गर्दछ । खुला आकाश र हरियाली भएको स्थानमा एक्सरसाइज गर्नाले दिमागी क्षमता बढ्दछ ।source nepali-khabarsite
Advertisement