अछाममा भूकम्प, मानिसहरु घर छाडेर सडकमा
Advertisement
सानो भूकम्पले धेरै हल्लायो
अछाम: अछाममा आज दिउँसो भूकम्पको कडा धक्का महसुस गरिएको छ । दिउँसो १२: ४० बजे साफेँबगरबाट १० किलोमिटर उत्तर पश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
३.४ म्याग्निच्युडको भूकम्प गएको भएता पनि स्थानीयले कडा धक्का महसुस गरेका छन् । मानिसहरु धक्का महसुस हुनेवित्तिकै पसल, घर, कार्यालय छोडेर सबै बाहिर निस्केका थिए ।
पसलमा बसिरहेको समयमा भुकम्पको धक्का महसुस हुनेवित्तिकै हतारहतारमा बाहिर निस्किएको साँफेबगरका व्यापारी हिमाल कुँवरले बताए । उनले भने, ३.४ म्याग्निच्युडले पनि यसरी हल्लाउँदो रहेछ।'
भूकम्पको केन्द्र र फोकस नजिक भएकोले पनि बढी हल्लाएको हुनसक्ने भूकम्प मापन केन्द्रले जनाएको छ।हिजो मात्र बाजुरा र बाग्लुङ केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो ।
Advertisement