करिब दुई सय करोड लगानी भएको भारतकै सबैभन्दा महँगो फिल्म रिलिज
Advertisement

भारतीय फिल्मको इतिहासमा बलिउडभन्दा बढी लगानी भएको टलिउड फिल्म ‘बाहुबली’ जुलाई १० का दिनदेखि रिलिज भएको छ । करिब दुई सय करोड लगानी भएको बताइएको फिल्मलाई अंग्रेजी, हिन्दी, तामिल, मलायालम, तेलुगु लगायत भाषामा डब गरेर विश्वभरि चार हजारभन्दा बढी हलमा प्रदर्शन भएको बताइएको छ।

 ‘एक्सन ड्रामा’ श्रेणीको फिल्म हेर्नका लागि अग्रिम बुकिङ गर्नेहरुको संख्या बढी भएका कारण सर्भर नै बन्द भएको बताइएको छ भने हलमा दर्शक बढी हुँदा प्रहरीले हस्तक्षेप नै गर्नुपरेको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
 बिबिसीले बनाएको ‘भारतीय सिनेमाको सय वर्ष’ नामक डकुमेन्ट्रीमा परेका कम भारतीय फिल्ममध्येमा पर्न सफल भएको यस फिल्मलाई एस एस राजमौलीले निर्देशन गरेका हुन् । फिल्ममा प्रभास, राणा दग्गुबती, राम्या कृष्णा, अनुष्का, तमन्ना लगायत कलाकारको अभिनय रहेको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...