भूकम्पपीडितलाई राहत दिने भन्दै ठग्ने ३ जना पक्राउ--यसरी ठगेका थिए उनीहरुले.....
Advertisement

रौतहट, आषाढ २२ । भूकम्पपीडितलाई राहत दिने भन्दै ठगी गर्ने तीनजना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले रौतहटको फतुवाहर्षाहा गाविसको दुधिहवाका बासिन्दालाई भारतीय सरकारले एकदेखि दुई लाख रुपैयाँंसम्म राहत दिने भन्दै दुई सय रुपैयाँ लिएर फाराम भराएका थिए ।
पक्राउ पर्नेमा भारत बिहारका सुजितकुमार, सन्दीपकुमार कुशवाह र रन्जितकुमार कुशवाह छन् ।
उनीरुहले भारत सरकारद्धारा भूकम्प क्षतिग्रस्त अनुदान र स्वास्थ्य विभागद्धारा अनुदान लेखिएको फाराम भर्न लगाइ ३७ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले नौ सय थान फाराम, भारतीय नम्बरको मोटरसाइकल, एक थान ल्यापटप, ‘भारत सरकार अनुदान रबर बीएस १४९६’ लेखिएको स्टाम्पलगायतका सामग्री बरामद गरेको छ ।source:imagekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...