तीन दिनको प्रेममा झण्डै गएन ज्यान
Advertisement

पेरिस–कसैको मायामा पर्नु कहिले काँही खतरनाक सावित हुन्छ। फ्रान्सका एक व्यक्तिमाथि पनि यस्तै भएको छ। उनले एक समाचार एजेन्सीसँग कुरा गर्दै तीन दिनको मायाजालमा आफू झण्डै मरेको बताएका छन्।

फ्रान्स प्रहरीले एक महिलालाई ती व्यक्तिलाई बहकायको आरोपमा पक्राउ गरेको छ। प्रहरीले ती महिलालाई पहिला मायाजालमा पारेर मार्ने षड्यन्त्र गरेको अभियोगमा पक्राउ गरेको बीबीसीले जनाएको छ। आरोपी महिला यसअघि पनि ८८ वर्षीया एक विधवा महिलासँग जालसाजी गरेको, अपहरण तथा चोरीको अभियोगमा पाँच वर्ष जेल सजाय भोगेकी थिइन।
पीडित पुरुषसँग तीन दिन उनकै घरमा बसेकी ती महिलाले बेलियम तथा मेथाडोनजस्ता विषादी पुरुषलाई सेवन गराएको बताइएको छ। उनी विभिन्न पुरुषलाई डेटिङ जाने वहानाले बोलाउने गर्थिन। तर आपोपी महिलाले आफूमाथि लागेको सम्पुर्ण आरोपलाई अस्विकार गरेकी छिन्।source:nagaricnews



Advertisement



प्रतिक्रिया दिनुहोस्...