युवतीको पेटमा सात करोडको क्याप्सुल
Advertisement

पाकिस्तानको सिमाना नजिकै भेटिएकी जाम्बियाकी एक युवतीको पेटमा करोडौंको लागूऔषध क्याप्सुल फेला परेको छ ।

२६ जुनमा पाकिस्तान र भारतको सिमाना आत्री वाघा सिमाना नजिकै भारतको अमृतसरस्थित प्रहरीले जाम्बियाकी ३० वर्षीया ट्वाला केल्थलार्इ बेहोस अवस्थामा फेला पारेको थियो । भारतका लागि बिजनेस भिसा लिएर आएकी उनलार्इ पाकिस्तानी सेनाले भारत पस्न दिएको थियो ।
बेहोस अवस्थामा भेटिएकी उनलार्इ प्रहरीले उद्धार गरी अमृतसरस्थित गुरु नानक देब अस्पताल पुर्याएर उपचार गराउने क्रमउमा उनको ज्यान गयो । युवतीको रगत परीक्षणका क्रममा उनलार्इ एचआर्इभी समेत भएको पत्ता लागेको छ ।
उपचाका क्रममा ज्यान गएपछि भारतस्थित जाम्बिया दूतावासको अनुमतिमा ३ जुलाईमा उनको पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम गर्ने क्रममा चिकित्सकहरुले ट्वालाको पेटमा लागूऔषधका क्याप्सुल फेला पार्यो । ती लागूऔषध बजार मूल्य ७ करोड २० लाख नेपाली रुपैयाँ रहेको छ ।
लागूऔषधका क्याप्सुल भेट्टिएपछि उनी 'ड्रग स्मग्लर' भएको पत्ता लागेको थियो । उनको मृत्युको कारण पनि पेटमा रहेका लागूऔषधका क्याप्सुलका कारण भएको पोस्ट्मार्टम रिपोर्टबाट पुष्टि भएको छ ।
चिकिस्कहरुका अनुसार लागूऔषधको क्याप्सुल पेटमै फुटेका कारण ती युवतीको मृत्यु भएको पत्ता लागेको छ । उनलार्इ गत शनिबार एक चिहानमा गाडिएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले जुलार्इ २६ मा ती जाम्बियन युवतीलार्इ शंकास्पद अवस्थामा पाकिस्तानी सिमानाबाट भारततर्फ छिर्दै गरेको देखेको थियो । उनी पटक पटक बेहोस भइरहेकी थिइन् । उनले प्रहरीलार्इ नजिक आउन समेत दिएकी थिइनन् ।source:annapurnapost



Advertisement



प्रतिक्रिया दिनुहोस्...