News
»
.घरबाट १० दिनअघि काठमाडौ हिँडेकी मञ्जुको शव नदीको किनारमा भेटियो
.घरबाट १० दिनअघि काठमाडौ हिँडेकी मञ्जुको शव नदीको किनारमा भेटियो
असार–त्रियुगा नपा–३ निवासी बलु सदाकी २७ वर्षीया छोरी मञ्जु आइतबार बिहान त्रियुगा नगरपालिका–२ गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा मृतावस्थामा भेटिएकी छन् । मञ्जु दश दिनअघि घरबाट काठमाण्डु हिँडेकी थिइन् । बेपत्ता अवस्थामा रहेकी मञ्जु आइतबार बिहान मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताए ।उनको सव शंकास्पद अवस्थामा भेटिएकोले हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसमान गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख गुरुङले बताए ।source livenepalnews
प्रतिक्रिया दिनुहोस्...