महिलाको छातीमा टाउको धसेर आर्शीवाद लिने चलन कहिलेदेखि आयो ?
Advertisement

लक्ष्मी पुन
असार १५ गते बिहानैदेखि सामाजिक सञ्जाल फेसबुकमा हिलाम्मै खेतमा हो–हो माले हो–हो भन्दै विभिन्न पोजमा फोटो देख्न पाइयो । कसैले रमाइलो गरेको ताजा फोटो खिचेर राखे भने कसैले अतीतका सम्झनाहरु पुनः ताजा पारे । यसैबीच १२औं धान दिवसले एकजना मन्त्रीज्यूको कुर्सी खुस्काइदियो ।

धान दिवसको अवसरमा कृषिमन्त्री हरिप्रसाद पराजुली दलबलसहित पुगे, मूलपानी । ढिला पुगेका कृषिमन्त्रीले भाषणलगत्तै त्यहाँ उपस्थित सम्पूर्ण सहभागीलाई हिलो छ्याप्न प्रोत्साहित गर्न थाले । उनको निसाना भने महिला बने । उनले ७० वर्षीया वृद्धालाई समेत छाडेनन् । उनीहरुको जिउमा लुटपुटिन थाले । दृश्यमा स्पष्ट देखिन्छ, कसरी महिलाको भागाभाग भएको थियो । मन्त्री भने कलियुगका ‘कृष्ण कनैया’ बनेर धान दिवसको भरपुर आनन्द लिए । उनले पुरुषहरुलाई पनि लखेट्ने र हिलोमा डुबाउने काम गरे । (त्यो आफ्नो अश्लील हर्कतलाई स्वाभाविक देखाउनका लागि हो कि ?) मन्त्रीले कल्पना समेत गरेका थिएनन् होला, उनको रासलीलाको सर्वत्र विरोध हुनेछ । उनले सोचेका थिए होला आफूजस्तो कृषिमन्त्री यो देशले अहिलेसम्म पाएको छैन । बेलुका एभिन्युज टेलिभिजन देखेर झल्यास्स भए कि ! सामाजिक सञ्जाल त्यसपछि कृषिमन्त्रीमय भयो । उनले कल्पना समेत गरेका थिएनन् होला, एकाएक राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आफ्नो चर्चा हुनेछ भनेर ।
सामान्य मानिस, महिला अधिकारकर्मी, गृहिणीदेखि लिएर उनको आफ्नो पार्टी एमालेमा समेत चर्को विरोध भयो । नामै नसुनेका सर्वसाधारणले पनि उनलाई मूलपानीमा महिलामाथि यौनहिंसा गर्ने मन्त्रीका रुपमा चिन्न थाले । सर्वत्र विरोध भयो र उनलाई कारबाहीको माग गर्दै राजीनामा मागियो । उनलाई छिःछिः दूरदूर नगर्ने कोही भएन । आखिर उनलाई मन्त्री बनाएका गृहमन्त्री वामदेव गौतम र पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण माग्दै राजीनामा मागे । महिला हक–अधिकारका लागि आवाज बुलन्द बनाउने संघ–संगठनहरुले बर्खास्त गर्नुपर्ने मन्त्रीको राजीनामा मागियो भन्दै कारबाहीको माग गरे । कहानीमा अर्को उत्कर्ष तब आयो, जब एकजना वृद्धाले कुनै यौनजन्य हिंसा नभएको बरु मन्त्रीले आर्शीवाद मागेका हुन् भनिन् । रक्षक भक्षक भए भन्ने महिला अधिकारकर्मीहरुलाई लोप्पा खुवाउने भरमग्दुुर प्रयास भयो ।
hari-prasad-parajuli
महिला आन्दोलनमा एउटा आयाम थपिएको र यौन पिपासुहरुले गतिलो पाठ सिक्ने भन्ने महिला अधिकारकर्मीलगायत न्यायका अगुवालाई एक्कासि निराश तुल्याउने प्रयास भयो । जवाफ स्वरुप अर्को भिजुअल भाइरल भयो, जसमा पीडितले आफैँ सारा दोष मिडियालाई दिइन् । पीडितलाई साम, दाम, दण्ड, भेद प्रयोग गरी मुद्दा नै फिर्ता लिन लगाउने समाजमा यो कुनै नौलो कुरा होइन । पीडितलाई आफ्नै अस्मिता लुट्नेसँग बिहे गर्न बाध्य पारिन्छ । पीडितकै काँधमा बन्दुक राखेर अरूलाई तर्साउने र धम्क्याउने काम हुन्छ । ती वृद्धासँगको भिजुअल हेर्नुभयो भने, ती वृद्धाले पटकपटक विदेशमा रहेका आफ्ना छोराबुहारीलगायत अन्य आफन्तले फोन गरेर झपारेको कुरा भनेकी छन् । समाजले के भन्ने होला भन्ने पीरले उनलाई सताएको बुझिन्छ । रातारात के भयो भनेर आश्चर्यचकित भए सबै ।
मन्त्रीको राजीनामा मागियो भन्दै कारबाहीको माग गरे । कहानीमा अर्को उत्कर्ष तब आयो, जब एकजना वृद्धाले कुनै यौनजन्य हिंसा नभएको बरु मन्त्रीले आर्शीवाद मागेका हुन् भनिन् ।
एउटा दृष्टान्त याद आयो– रुकुममा एकजना बालिका बलात्कृत भइन् । मेडिकल टेस्ट भयो, जिल्ला अदालतले दोषीलाई सजाय सुनाउने तर्खरमा थियो । एक्कासि पीडित बालिकाकी आमाले अदालतमा आफ्नो छोरीमाथि कुनै पनि किसिमको दुव्र्यवहार नभएको भन्न थालिन् । पछि आएर उनलाई आर्थिक प्रलोभनमा पारेको बुझियो । उनलाई पनि पीडकसँगै सजाय भयो ।
अर्को घटना, म सानो हुँदा एकरात छिमेकी महिलाको पीडादायी रोदन सुनियो । फेरि कुट्यो यसले भन्दै हाम्री आमा निस्किन् । हामीले माइजू भन्ने ती महिलाको नाकबाट रगतको खोलो बगिरहेको थियो । हस्तक्षेप गर्न खोज्दा, उल्टो उनैले केही भएको छैन भनिन् । केही वर्षपछि उनले जिउमा मट्टीतेल खन्याएर आत्महत्या गरेको खबर आयो ।
कृषिमन्त्रीको मामिलामा जब मिडिया पुनः मूलपानी पुग्यो, पत्रकार सम्मेलनको मानसिकता बनाएर पहिले नै स्थानीय बसेका थिए । आफूलाई ७० वर्षीया बताउने एकल महिला सानु केसी बोल्न थालिन् । उनले दृश्यमा मन्त्रीको यौनजन्य दुव्र्यवहार नरुचाएको स्पष्ट देखिन्छ । यहाँसम्म कि उनले पराजुलीको चंगुलबाट फुत्किनलाई निकै कसरत गर्दै उनको टाउको समातेकी छिन् । अहिले उनैले मन्त्रीले आर्शीवाद मात्र मागेको र मिडियाले आफ्नो चरित्रहत्या गरेको बताएकी छिन् । होइन, यो साँढेशैलीमा महिलाको छातीमा टाउको धसेर आर्शीवाद लिने परम्परा नेपालमा कहिलेदेखि प्रचलनमा आयो ? अन्टार्टिकामा त नाक जुधाएर स्वागत गरिन्छ भन्ने सुनेको हो । जहाँसम्म लाग्छ, कुनै मिडियाले मूलपानीका महिलाको चरित्रमाथि प्रश्न चिह्न खडा गरेकोजस्तो लाग्दैन । बरु मन्त्रीजस्तो ओहोदामा पुगेको व्यक्तिले पदीय मर्यादा नाघेको कुरा आएको हो । महिलाको स्वीकृतिबिना उसको शरीर स्पर्श गर्नु हुँदैन भन्ने हो ।
मिडियाले आफ्नो चरित्रहत्या गरेको बताएकी छिन् । होइन, यो साँढेशैलीमा महिलाको छातीमा टाउको धसेर आर्शीवाद लिने परम्परा नेपालमा कहिलेदेखि प्रचलनमा आयो ? अन्टार्टिकामा त नाक जुधाएर स्वागत गरिन्छ भन्ने सुनेको हो । जहाँसम्म लाग्छ, कुनै मिडियाले मूलपानीका महिलाको चरित्रमाथि प्रश्न चिह्न खडा गरेकोजस्तो लाग्दैन ।
यसपछि विभिन्न शीर्षक र नाममा मिडियालाई सराप्दै नयाँ लिडमा समाचार ओइरिँदै छन् । यो घटना ‘गो होम इन्डियनमिडियावाला’ पटक्कै होइन । प्रसंग फरक हो । म अनुरोध गर्छु, सबैलाई यो नयाँ मोड अध्ययन गर्नलाई । वृद्धाको मामिलामा पटकपटक आफूलाई विदेशमा रहेका आफन्तले त्यहाँ किन जानुपरेको थियो भनेको कुरा अनायसै खोलेकी छिन् । भनेपछि यहाँ फेरि समाज आएको छ । उनलाई भयो भएन, छोराबुहारीलाई लाज भयो रे ! त्यसैले उनलाई समाजमा मुख देखाउन गाह्रो भयो रे । आखिर घुम्दैफिर्दै रुम्जाटार भनेझैँ समाज न रहेछ उनी डराउनुको कारण । यो प्रश्न सायद कार्यक्रममा उपस्थित सबै महिलाअगाडि तेर्सियो होला ।
त्यसैले प्रस्टै छ, उनीहरुका आफन्तजनलाई हो काउन्सिलिङको आवश्यकता । मन्त्रीको राजीनामा नै जाने गरी र कारबाही समेतको माग भएको घटना, जसले गृह मन्त्रालय, बालकोट र बालुवाटारमा समेत भुइँचालो ल्यायो । यसको पर्दापछाडि के–कस्ता कसरत भए होला । अर्को थाहा पाउनुपर्ने कुरा, मन्त्री कुनै राजनीतिक दलको नेता पनि हुन् । प्रायः भ्रातृ संगठन तथा समर्थकको कार्यक्रममा सहभागी हुने चलन हुन्छ । फेरि पार्टीको धज्जी उड्दा, सबै कुरा बिर्सेर अनुशासनको निर्देशन एकरूपताका साथ पालना पनि त गर्नुपर्यो, बल्खुमा भूकम्प जादाँ ।
एउटा कुरा सबैलाई चेतना भया, बलात्कार वा यौनजन्य हिंसा दुर्घटना हो । त्यसैले पीडित दोषी होइनन् । कृषिमन्त्रीको मामिलामा पनि पीडकलाई सजाय हुनुपर्छ र पीडितको आफन्त तथा गाउँ–समाजले पीडितलाई धम्क्याउनु र हेप्नुको सट्टा उनको साहसप्रति सम्मान व्यक्त गर्नुपर्छ । वास्तवमै काउन्सिलिङको आवश्यकता उनका आफन्तलगायतलाई छ । यो घटनालाई विभिन्न बहाना वा शीर्षकमा ओझेल पार्ने प्रयास नहोस् । मन्त्री पराजुलीको राजीनामाले सो घटना टुंगिदैन, उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइयोस् । यो ती पीडित महिलाहरुको अस्तित्वमा मात्र आँच आउने कुरा होइन, सिंगो नेपाल राष्ट्र र स्वाभिमानी नेपालीको अस्मितामाथि प्रश्न खडा भएको हो । तसर्थ, उक्त घटनाको वास्तविकता बाहिर ल्याई अनैतिक मन्त्रीलाई कानुनबमोजिम थप कारबाही गरी पीडितलाई न्याय दिलाउनु अहिलेको मुख्य कर्तव्य हो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...