.विद्रोहीको हवाई आक्रमणमा ३० को मृत्यु!
Advertisement

यमनको महत्वपूर्ण बन्दरगाहमा अवस्थित एक सैन्य शिविरमा इरान समर्थित यमनी विद्रोहीलाई परास्त गर्ने प्रयास स्वरुप भएको हवाई आक्रमण र झडपमा परी कम्तिमा ३० यमनी सेनाको मृत्यु भएको यमनको सैन्य स्रोतले जनाएको छ ।

साउदी अरव र यमनको संयुक्त जेटले यमनी सिया हुठी विद्रोही विरुद्ध उक्त स्थानमा गत चार महिनादेखि कार्वाही सञ्चालन गरिरहेका छन् ।

कार्वाहीमा दर्जनौ सेना तथा विद्रोही घाइते भएको बताइएको छ ।

यमनी पूर्वराष्ट्रपति अलि अवदूल्लाह सालेहका अनुयायी हुठी विद्रोहीसँग समन्वय गरी साउदी अरव र यमनको संयुक्त सैन्य टुकडीसँग आफ्नो अस्थित्वका लागि लडिरहेका छन् ।

हुठी विद्रोहीले यमनी भू–भागलाई इरानी सिया समुदायको प्रभाव क्षेत्रको रुपमा विस्तार गर्ने आशङ्का साउदी अरवले गर्दै आएको बताइएको छ ।

स्थानीय वासिन्दाका अनुसार एडेन र बरपर विद्रोही र सरकार पक्षबीच झडपहरु भइरहेको पनि बताइएको छ ।

सैन्य स्रोत भन्छ, “विद्रोहीहरुले स्थानीय वस्ती वरिपरी रकेट आक्रमण गर्दा कम्तिमा आठ यमनी नागरिकको पनि मृत्यु भएको छ ।” तर एएफपीले भने हताहतको बारेमा सम्बन्धित चिकित्सकबाट पुष्टी गर्न नसकिएको जनाएको छ ।

यसैबीच विद्रोहीको नियन्त्रणमा रहेको एक वेवसाइटले भने यमनको उत्तरी–¬पश्चिम महावित प्रान्तमा बम आक्रमण पछि ४० जना कैदी विद्रोही भाग्न सफल भएको जनाइएको छ ।

गत फागुनदेखि भएको कार्वाहीमा तीन हजार २०० व्यक्ति हताहत भएको र १० लाख २६ हजार नागरिक उक्त क्षेत्रबाट बिस्तावित भएको राष्ट्रसँगद्वारा बताइएको छ । रासस÷एएफपी

Advertisement



प्रतिक्रिया दिनुहोस्...