Entertainment News
»
यी काम गर्नुहोस् तपाईको साथीले पनि वाह वाह भन्नेछन् (असल व्यवहारका केहि मन्त्रहरू)
यी काम गर्नुहोस् तपाईको साथीले पनि वाह वाह भन्नेछन् (असल व्यवहारका केहि मन्त्रहरू)
आजको आधुनिक जमानामा विज्ञान र प्रविधीले मानिसको जीवन सरल र सहज बनाएको छ। तर पनि हामी मानिस राम्रो सामाजिक बानी व्यवहार गर्न धेरै ठाँउमा चुकिरहेका हुन्छौँ। आजभोलीको समाजमा कसरी राम्रो व्यवहार गर्ने त ? जानिराखौँ यी स-साना बुँदाहरु जसले तपाईँ आफूलाई असल मानिसको पहिचान दिन सक्नुहुन्छ-

१. तपाईँलाई कसैले खाजा अथवा चिया-नास्ता ख्वाएको छ भने एक हप्ता भित्र नै उसलाई त्यसरी नै ख्वाए राम्रो। दिएर बिर्सनुहोस् तर लिएर कहिल्यै नबिर्सनुहोस्।eating with friend२. कसैको सहयोग लिनुभएको छ भने उसलाई धन्यवाद स्वरुप केहि ख्वाउनुहोस।cooking३. कसैसँग जतिसुकै सानो रकम उधारो लिए पनि सकेसम्म चाँडै फिर्ता गर्नुहोस्। यो नसोच्नुस कि उसलाई त्यो रकम चाहिने छैन अथवा फिर्ता माग्ने छैन।money४. कसैको घरमा बास बस्नुभएको छ भने बिहान उठेपछि बिस्तारा मिलाएर राखिदिनुहोस्।bed५. सार्वजनिक स्थानमा झगडा कहिले नगर्नुहोस्। यदि झगडा भैहाले कुनै अलग ठाँउमा गएर कुरा मिलाउनुस्। यसरी नजिकका अरु मानिसहरुलाई असहज हुने क्रियाकलाप नगर्नुहोस्।quarrelling६. कसैले तपाईँको निम्ती केहि खानेकुरा पकाएका छन् भने उसलाई घरको साना काममा सहयोग गरिदिनुहोस्।helping७. मोबाइलमा भिडियो हेर्दै अथवा गेम खेल्दै हुनुहुन्छ भने आवाज सानो गर्नुहोस् अथवा इयरफोनको प्रयोग गर्नुहोस्।texting८. कसैसँग कुराकानी गर्दै हुनुहुन्छ र मोबाइलमा फोन आएको छ भने मोबाइल स्पिकर मोडमा नराख्नुहोस्। कान नजिकै मोबाइल राख्न नसके मात्र स्पिकर मोडको प्रयोग गर्नुहोस्।talking in mobile९. समूहमा खाजा खाने बेलामा अन्तिममा पैसा खर्च गर्नेलाई केहि बाँकि राखिदिनुहोस्। उसले अस्वीकार गरे मात्र बाँकिको खानुहोस्।last piece of cake१०. ‘टेक्स्ट मेसेज’ द्वारा कसैको चित्त नदुखाउनुहोस्। ‘टेक्स्ट मेसेज’ आम्नेसाम्ने कुरा गरे जस्तो कहिले हुँदैन।texting 2११. कसैको मोबाइल अथवा कम्प्युटर चलाए उसको व्यक्तिगत डेटा अनुमति बिना नचलाउनुहोस्।using laptop१२. कसैको कल उठाउन भ्याउनु भएन भने उसलाई मेसेज गरेर भए पनि आफू व्यस्त भएको जानकारी गराउनुहोस्।texting 3१३. कसैको सामान सापटी लिनु भएको छ भने चाडैँ फिर्ता गर्नुहोस्।returning book१४. कसैको वाहन सापटी लिनुभएको छ भने इन्धन भरेर फिर्ता गरिदिनुहोस्।filling petrol१५. छेउको मानिसलाई असहज लाग्छ भने ऊ नजिक बसेर चुरोट अथवा मादक पदार्थको सेवन नगरिदुनुहोस्।sour:npheadlines
प्रतिक्रिया दिनुहोस्...