मलेशियाबाट फर्किएका युवालाई त्रिभुवन विमानस्थलका कर्मचारीहरूले हाकाहाकी विमानस्थमै यसरी ठगे...
Advertisement
मलेशियाबाट नेपाल पुगेका एक नेपाली युवालाई त्रिभुवन विमानस्थलका कर्मचारीहरूले हाकाहाकी ठगिदिएका छन् । सरकारी नियम अनुसार दस्तुर नलाग्ने वस्तुमा मोटो रकम तिर्न लगाएर ठग्ने र सरकारी नियम उल्लंघन गर्ने, प्रवाशबाट नेपाल पुगेकालाई हेप्ने काम गरेका छन् ।
उनी शनीबार मलेशियाबाट एयर एशियाको विमान मार्फत् नेपाल गएका थिए । उनले साथमा ३२ इन्चको टिभी लगेका थिए । नेपालको भन्सार कार्यालयमा पुग्नासाथ उनलाई त्यहाँका कर्मचारीले १३ हजार तिन सय ६० रुपियाँ तिर्न वाध्य पारे । खत्रीले बिदेशमा वर्षदिन भन्दापनि बढि काम गरेको प्रमाण देखाएर बिदेशमा काम गर्ने नेपालीले स्वदेश फर्किँदा ३२ इन्च सम्मको टिभीको भन्सार नलाग्ने भन्दै पटक पटक सम्झाए । तर भन्सारका कर्मचारीहरूले टेरेनन् ।
उनले यो प्रवधानका बारेमा पटक पटक सम्झाएका थिए, त्यहाँका कर्मचारीहरूलाई । तर उनीहरूले खत्रीको कुरा पटक्कै नसुनेपछि खत्री र विमानस्थलका कर्मचारीहरुबिच केहिबेर भनाभननै भएको खत्रीले बताए । ‘मैले सरकारी नियमका बारेमा पटक पटक व्याख्या गरें । तर मेरो कुरो उनीहरूले सुनेनन् । म एक्लो भएकोले मेरो केहि लागेन र बाध्यताबस तिरें’ खत्रीले भने ‘म जस्तो बिदेशमा सामान्य काम गरेर स्वदेश फर्केको युवालाई यसरी ठगिन्छ भने त्यस्ता कर्मचारीमाथि छानबिन र कारवाही कसले गर्ने ?’
स्रोतका अनुसार विमानस्थलमा यसरी लिने रकम त्यहिँका कर्मचारीले पछि रसिद च्यातेर सहि समेत अर्धकट्टी हेरेर आफैंले गर्ने र भुलबस लिएकोले फिर्ता दिएको देखाएर रकम खाने गरेका छन् । कर्मचारीहरूले बिदेशबाट आएका नेपालीसित उपाहार माग्ने, उनीहरूले ल्याएका सामान झिकिदिने र रकम माग्ने गर्छन् । त्यो नदिए त्यहि झोक फेर्न दु:ख दिने र यसरी अनाहकमा रकम तिराउने, ठग्ने गर्छन् । तर त्यसको अनुगमन हुने गरेको छैन् । कतिपय अनुगमनकर्तानै त्यस्तै कर्मचारीसित मिलोमतो गरेर देखेको नदेख्यै गरिदिने गरेका छन् ।
रामशरण खत्री यस्ता पात्र हुन् जसले मलेशियामा खर्च नपाएर, पासपोर्ट नभएर र अनेक दु:खले जेलिएर अलपत्र परेका नेपालीहरूलाई लामो समयदेखि सेवा र उद्दार गर्दै आएका छन् । source:tazakhabar
Advertisement