.फेसबुकको ‘फ्रेन्ड्स’ आइकन परिवर्तन भयो, किन?
Advertisement
फेसबुकको बढ्दो नयाँ प्रविधि र उपलब्धीहरुले यसको लोकप्रियता बढाई रहेको छ। यसमा थुप्रै परिवर्तनहरु पनि आइरहेका छन्। केही समयअघि मात्र यसले आफ्नो लोगोमा परिवर्तन गरेको थियो। यसैक्रममा अहिले आएर यसले फेरि आफ्नो ‘फ्रेन्ड्स’ आइकन परिवर्तन गरेको छ। यसको वेबसाइट र एप दुवैमा यो परिवर्तन देख्न पाइन्छ।
किन गरियाे यसमा परिवर्तन?
यो आइकनलाई अहिलेसम्म कसैले वास्ता गरेको थिएन होला तर फेसबुक डिजाइन म्यानेजर क्याट्लिन विनरले यसलाई ध्यानपूर्वक हेरिन् र यसमा भएको केही कमजोरी पत्ता लगाइन्।
विनरले यो आइकनमा पुरुषको संकेत सामान्य पाइन् तर महिलाको संकेत भने उनलाई अलि भिन्न र असामान्य लाग्यो। पुरुषको संकेतात्मक चित्र महिलाको भन्दा अगाडि राखिएको छ जसले महिलाको संकेतात्मक चित्र पुरुषकोभन्दा सानो देखिन्छ।
यसले महिला पुरुषको छाँयामा परेको जस्तो देखिने भएको र यसलाई बराबर बनाउनका लागि यसको परिवर्तन गरेको विनरले बताएकी छन्।
यसका लागि उनले थुप्रै डिजाइनहरु गरेको र पुरुष र महिलाको छुट्टाछुट्टै आइकन बनाउन प्रयास गर्दा नमिलेकाले अन्त्यमा बराबर आकारको महिला, पुरुषको आकृति राखेको बताइएको छ।
यो परिवर्तन विस्तारै विश्वव्यापीरुपमा आउने बताइएको छ। तत्कालै सबै एकाउण्टमा यो परिवर्तन नआउने पनि बताइएको छ। source kinmel.setopati
Advertisement