.पत्नीलाई धोका दिनु जीन्दगीकै ठूलो असफलता : आर्नोल्ड
Advertisement
आफ्नी पत्नीलाई वर्षौसम्म धोका दिएको खुलासा भएपछि सम्बन्धविच्छेद गरेका टर्मिनेटर स्टार आर्नोल्ड स्वाजनेगरले त्यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो असफलता भनेका छन्।
यूएस पत्रिकाका अनुसार सो विवाह सम्बन्धलाई विगार्ने काम उनी स्वयमले गरेका हुन्। उनी नै त्यसका एक मात्र दोषी हुन्। क्यालिफोर्निया राज्यका पूर्व गभर्नर समेत रहेका आर्नोल्ड र उनकी पत्नी स्रिभरले सम्बन्ध सुधारका लागि 'म्यारिज थेरापी' लिए पनि त्यो पूर्णरुपमा प्रतियूत्पादक साबित भएको बताए।
उनले आफ्नो गम्भिर गल्तीका लागि पत्नी र बच्चासँग आफूले माफी मागेको र बच्चाहरुसँग सौहाद्रपूर्ण सम्बन्ध कायम राखिराखेको जनाएका छन्। आफ्नै पूर्वघरेलु सहयोगीसँग सम्बन्ध गाँसेको र उनीबाट एक बच्चा पनि रहेको खुलासा भएपछि आर्नोल्डको सन् २०११मा २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्गिएको थियो।
source kala.setopati
Advertisement