Video
»
दाङको तुलसीपुरमा दुई युवती मृत अवस्थामा फेला
दाङको तुलसीपुरमा दुई युवती मृत अवस्थामा फेला
दाङको तुलसीपुरमा दुई युवतीको शव फेला परेको छ । १८ दिनदेखि हराइरहेका उनीहरु शुक्रबार तुलसीपुर ११ बटवलपुरको मायालु सामुदायीक वनमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मृतकहरुमा सल्यान सिनावाङ ३ की १७ वर्षकी सुनिता भण्डारी र तुलसीपुर ६ गाइडहरकी २० वर्षकी उषा केसी रहेको प्रहरीले जनाएको छ । राप्ती विद्यामन्दीर तुलसीपुरमा कक्षा १२ मा अध्यनरत सुनिता र उषा भाडामा बस्दै आएको कोठाबाट मोबाइल छाडेर बेपक्ता भएका थिए । झन्डै दुई दिनअघि उनीहरुको मृत्यु भएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । शव भेटिएको स्थानमा विषादीका डिब्बाहरु भेटिएकाले उनीहरुले विष सेवन गरेर ज्यान गुमाएको हुनसक्ने केसीले बताए ।उनीहरुको पोष्टमार्टम पछि घटनाबारे खुल्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्...