स्विट्जरल्यान्डविरुद्ध फ्रान्सको फराकिलो जित
Advertisement

ब्राजिल- स्विट्जरल्यान्डलाई ५-२ गोल अन्तरले पराजित गर्दै फ्रान्स समूह 'इ'को शीर्ष स्थान कायम गरेको छ। शनिबार बिहान भएको खेलमा फ्रान्सका लागि ओलिभर गिरोडले गोल गर्दै अग्रता दिलाए। १७औं मिनेटमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै बेल्सीले अर्को गोल थप्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए।  खेलको ४०औं मिनेटमा म्याथ्यु भेलबुनाको गोलमा फ्रान्सले ३-० गोलको अग्रता पायो।



३२औं मिनेटमा पाएको पेनाल्टीमा भने फ्रान्स चुकेको थियो। दोस्रो हाफमा फ्रान्सका लागि ६७औं मिनेटमा बेन्जोम र ७३औं मिनेटमा मोसाले गोल गरे। स्विट्जरल्यान्डका लागि भने ८१औं मिनेटमा बेलरिम जेमालीले गोल गरे। त्यसको केही बेरमै स्विट्जरल्यान्डका ग्रिनेट जिकाले अर्को गोल फर्काए। 




Advertisement



प्रतिक्रिया दिनुहोस्...