'इराकमा नेपाली सुरक्षित' अप्रिय घटना सुनिएको छैन - राजदुत पौड्याल
Advertisement
दोहा (कतार), असार ४ - आन्तरीक रुपमा सरकारी फौज र बिद्रोही पक्षबीच भिडन्तहरु बढ्दै गएको इराकमा कार्यरत नेपाली भने सुरक्षित छन् । इराकमा चर्किदो भिडन्तले ठुलो रुप लिनेक्रम बढेको छ ।
राजधानी बग्दादस्थित औपचारिक कम्पनीमा कार्यरत नेपालीले आफुहरु पुर्ण सुरक्षित भएर काम गरिरहेको ईकान्तिपुरलाई बताए । अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली भने जोखिममा छन् । काठामाडौंस्थित परराष्ट्र मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै इराकको भ्रमण नगर्न नेपालीलाई आग्रह गर्दै पाकिस्तान र कुबेतस्थित नेपाली दुताबासमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
बग्दादको रोडजोनस्थित जिफोर एस सुरक्षा कम्पनीका सुपरभाइजर रहेका पोखराका देब थापाले कम्पनीले उच्च सर्तकमा राखेको बताए । जतिखेर पनि इराक छोड्नु पर्ने भन्दै हामीलाई उच्च सर्तकतामा राखेको छ । अहिले सम्म त्यस्तो असुरक्षा महसुस भएको छैन,सन् २००३ देखि बग्दादमा रहेका थापाले भने असुरक्षीत हुने बित्तिकै सुरक्षीत स्थानमा लैजाने बताएको छ । उनी कार्यरत रोड जोनमा झन्डै ३ सय नेपाली सुरक्षा गार्ड छन् ।
तनाबग्रस्त ठाउँहरुबाट ठूला ठूला बिदेशी कम्पनीहरुले आफ्ना कामदारहरुलाई सुरक्षित स्थानमा लगेर राख्न थालेको छ । अधिकांश कम्पनीले जोर्डन, दुबई र इराकको सुलेमानतिर कामदारलाई लगेर राख्न थालेका छन् । बग्दादकै गि्रन जोनमा कार्यरत पोखराका कृष्ण थापाले सुरक्षाको जिम्मेवारी कम्पनीले नै लिएको बताए । 'गि्रन जोनमा झन्डै ५ सय नेपाली सुरक्षा गार्डको रुपमा काम गर्छन् । हामीलाई कम्पनीले जिम्मा लिएको छ', थापाले भने,'सुरक्षीत स्थानमा पुर्याउने जिम्मेवारी कम्पनीको हो ।
गि्रन जोनमा दुताबास, बिदेशी कम्पनीको सुरक्षा दिने नेपाली छन् । गि्रन जोनलाई बाहिरबाट इराकी आर्मीको सुरक्षा घेरामा राख्ने हुदा तनाब नभएको थापाले बताए । इराकमा नेपालीको सख्या यकिन छैन् । इराकको मुख्य गरी बग्दाद, वार्सा र कुर्दीस्थानमा नेपाली कार्यरत छन् । सबैभन्दा बढी स्वसासित कुर्दीस्थानमा २० हजारसम्म नेपाली रहेको अनुमान छ । यो स्थान पुर्ण सुरक्षीत रहेको एउटा कम्पनीका म्यानेजर खेम पौडेलले बताए ।
गैरअबासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले बग्दादमा घरेलु काममा रहेको महिला कामदारहरु बढी जोखिममा रहेको बताए । 'हामीपनि बढी भन्दा बढी नेपालीसँग सम्पर्क रहने प्रयास गरिरहेका छौं । औपचारिक क्षेत्रमा कार्यरत नेपाली सम्पर्कमा आएका छन् । तर, घरेलु कामदारहरु सम्पर्कमा छैनन् , गुरुङले भने ।
बग्दादमै घरेलु कामदारको रुपमा कार्यरत लमजुङकी खुमाया तामाङले आफुलाई भने डर लागिरहेको बताइन् । यहाँ के भइरहेको भन्ने बुझेको छैन् । मेरा घरमालिकहरु बन्दुक र गोलीहरु भिरेर हिड्ने गरेको देख्छु', दुई बर्षदेखि कार्यरत तामाङले भने,'अरु घरमा काम गर्ने केटी साथीहरुलाई उनीहरुका मालिकले नेपाल पठाउन टिकट काटिसकेको बताएको छ । मेरो बारेमा केही भनिसकेको छैन ।स्रोत # ई-कान्तिपुर
Advertisement