भूकम्पको मौका छोपेर २२० कैदी भागे
Advertisement
काठमाडौं, बैशाख २८- गत १२ गते आएको महाभूकम्पको मौका छोपेर विभिन्न कारागारबाट २ सय २० जना कैदी भागेका छन् ।कारागार व्यवस्था विभागले उनीहरु सम्पर्कमा नआए कानुनी कारवाही थालिने चेतावनी दिएको छ ।
‘भागेकाहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने पक्रियामा छौं,’ दवाडीले भने–‘सम्पर्कमा नआउनेलाई कानुनी व्यवस्था अनुसार कारवाहीको प्रक्रिया थालिने छ ।’ भूकम्पले करिब ४० कारागारमा क्षति पुगेको छ । केन्द्रीय कारागारको हालत बिजोग छ । काठमाडौंमा रहेको डिल्लीबजार र नख्खु कारागारको भवन पनि क्षतिग्रस्त छ । कैदीहरुलाई पालमुनी राखिएको छ । पानी पर्दा जीर्ण घरमै उनीहरु भाग्छन् ।
‘अन्यत्र झै भूकम्पले कारागारमा पनि ठूलो क्षति पुर्याएको छ,’ दवाडीले भने–‘पाल टाँगेर कैदीलाई राखेको छौं ।’ विभागले जेल भित्र जस्ता पाता हालेर अस्थायी टहरा बनाउने कार्य थालेको दवाडीले बताए । ‘कतै पर्खाल भत्किएको छ, कतै भवन चर्किएको छ भने कतै बस्नै नमिल्ने गरी भवनमा क्षति पुगको छ,’ दवाडीले भने ।
Advertisement