ओसामा बिन लादेको मृत्यु बारे ठूलो खुलासा
Advertisement
एजेन्सी । अमेरिकालाई टाउको दुखाई बनेका ओसामा बिन लादेका बिरुद्ध चलाइएको अभियानको सवै गोप्य जानकारी पाकिस्तानबाट मिलेको थियो ।
अमेरिकी खोज पत्रकार तथा लेखक सिमोर एम हर्षेले पाकिस्तानको पत्रिकालाई दिएको एक अन्तवार्तामा यस्तो दावी गरेका हुन् । उनका अनुसार पाकिस्तानको एबटाबादमा अमेरिकाले सञ्चालन गरेको गोप्य अभियान चलाएको थियो जसलाई पाकिस्तानको जासुसी संस्थाले पूर्णरुपमा सहयोग गरेको थियो ।
उनका अनुसार आइएसआईले अभियानमा पाकिस्तानका कोहि व्यक्ति जिवित नरहुन भन्ने इच्छा व्यक्त गरेको थियो ।
लेखकका अनुसार लादेको हत्याको पूर्ण श्रेय अहिले अमेरिकाले लिइरहेको छ र दावी गरिरहेको छ कि तत्कालिन पाकिस्तानी सैन्य जनरल अशरफ परवेज कियानी तथा आइएसआईका प्रमुख अहमद शुजालाई पाकिस्तानमा लादेनको हत्या भएको कुनै शंकेत मिलेन ।
Advertisement