एकैदिन लगातार ठूला भूकम्पको धक्का
Advertisement

२०७२ जेष्ठ ९ शनिबार


एजेन्सी : नेपालमा भूकम्पको धक्काले जनजीवन आतंकित बनाइरहेका बेला सोलोमोन द्धिपमा समेत भूकम्पले लगातार हल्लाइरहेको छ ।


शुक्रबार ६.९ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएयता सोलोमोन द्धिपमा लगातार भूकम्पले हल्लाइरहेको हो ।

शनिबार बिहान पुन: त्यहाँ ६.९ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ८ बजेर ४५ मिनेटमा गएको शक्तिशाली भूकम्पका कारण मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकन भूगर्भ विभागका अनुसार सोलोमोन द्धिपमा दुर्इ दिनयता ४ म्याग्निच्यूटमाथिमा दुर्इ दर्जनबढी भूकम्प गइसकेका छन् । शनिबारमात्रै सोलोमोन द्धिपमा ४ म्याग्निच्यूटमाथिका ८ वटा भूकम्प गइसकेका छन् ।

शक्तिशाली भूकम्प गएपनि त्यहाँस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामी आउने कुनै खतरा नभएको स्पष्ट पारेको छ । शनिबार त्यहाँ ६.८ र ६.९ म्याग्निच्यूटका भूकम्प गएका हुन् । त्यसपछि ५ म्याग्निच्यूटका तीनवटा ४ म्याग्निच्यूटका चारवटा भूकम्पका धक्का महसुस भएको हो ।

साउथ प्यासिफिक नेशनमा नजिकैको सोलोमोन द्धिपमा गत साता ७ म्याग्निच्यूटको भूकम्प गएयता लगातार भूकम्पको धक्का महुसस भइरहेको हो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...