,भूकम्प पीडितलाई राहत बाँड्न डनको प्रतिस्पर्धा
Advertisement
काठमाडौं ।
अन्य बेला हतियार सहित भिडन्तको प्रतिस्पर्धा गर्ने गुन्डाका नाइकेहरु यतिबेला राहत वितरणमा प्रतिस्पर्धा गरिरहेका छन् । आफ्नो प्रभाव जनस्तरमा बढाउन उनीहरुले राहतमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रहरी पक्राउको त्रासमा भारत भागेका कुमार घैटे विनाशकारी भूकम्पपछि नेपाल फर्केका छन् । उनले नुवाकोट र गोरखामा राहत बाँडिरहेका छन् । अर्का डन चक्रे मिलनलाई टक्कर दिन उनले गोरखामा राहत बाँडेका छन् । त्यस्तै अजयमान श्रेष्ठले पनि काभ्रेमा राहत वाँडिरहेका छन् । केही डनहरुले ब्यापारीबाट रकम लिएर राहत बाँडेका छन् भने केही डनहरु करोडपति भएका कारण आफ्नै रकमबाट राहत बाँडेका छन् ।
Advertisement