-भाँडाका आमाबाट जन्माइएका बालबालिका इजरायल लगियो..
Advertisement

काठमाडौं,  नेपाल अहिले देशकै दोश्रो ठूलो महाभूकम्पको चोटमा छ । अहिलेसम्म करिब ८ हजार मानिसले ज्यान गएको र लाखौं मानिसलाई घरबारविहीन भएको अवस्थामा विश्वका धेरै देशले सहयोगको हात अगाडी बढाए । धेरैले धनजनको सहयोग गरे । त्यसमध्ये इजरायल पनि ठूलो मानवीय सहायता पठाउने देशमा पर्छ । जसमा इजरायली डिफेन्स फोर्स अन्तर्गतका ड्रिम डक्टर्स प्रोजेक्टका मनोविज्ञहरुले भूकम्पका कारण मानसिक आघात परेका मानिसलाई मनोवैज्ञानिक उपचार पद्धति अपनाएर उपचार गरेको कुराले पनि निकै चर्चा बटुल्यो ।

‘ड्रिम डक्टर्स प्रोजेक्ट’को समूह नेपालमा ९ दिनसम्म रहँदा उनीहरुले तनाव र त्रासमा रहेका बालबालिकालाई मात्र नभई वयस्कलाई पनि हँसाएका थिए । इरानी हिसपान टेलिभिजन र भेनेजुएलाको राष्ट्रिय च्यानल तेलेसुर नेटवर्कलाई विश्वास गर्ने हो भने इजरायलको सहयोगी टोली नेपालमा सहयोगको आडमा आफ्नो स्वार्थ पुरा गर्न आएको हो । उनीहरुले अहिलेसम्म २५ नेपाली बच्चा तस्करी गरिसकेको यी दुई स्पेनिस भाषाका मिडियाको दाबी छ ।

 भेनेजुएलाको तेलेसर नेटवर्क लेटिन अमेरीका र अन्य च्यानलहरुमा पनि पुनःप्रशारण गरिन्छ । हिसपानटीभि ब्रोडकाष्टले नाम नखुलाएको एक एनजीओ लाई उधृत गर्दै बताएको छ – ‘इजरायलले नेपालबाट २५ बच्चालाई लैजानका लागि मानविय सहायतको सहारा लिएको छ ।’ रिपोर्टमा उल्लेख गरिएअनुसार २५ बच्चालाई इजरायल लगिएको छ । सन्तान प्राप्त गर्न नसक्ने जोडिका लागि र विशेष गरी समलिंगिका लागि सरोगेसी (भाँडाको आमा) बाट बच्चा उपलव्ध गराउने काम गर्ने इजरायली तामुज कम्पनीले १५ बच्चा लगेको र बाकी अन्य बच्चा पनि इजरायली अभिभावकका लागि सरोगेट आमाबाट नै जन्मिएका बच्चा रहेको जनाइएको छ ।


यसअघि डेलीमेलले नेपालबाट इजरायलका समलैंगी जोडीहरुले नेपालमा भाँडाका आमाहरुबाट जन्माइएको बालबालिकाहरु आफ्नो देश फिर्ता लगेको समाचार प्रकाशित गरिसकेको छ । थाइल्याण्डमा सरकारले सरोगेसीका लागि कडाई गरेपछि नेपाल अहिले भाँडाको आमाका लागि पहिलो रोजाई बनेको छ । नेपालमा यस विषयमा स्पष्ट कानुनको अभाव रहेको हुँदा भाँडाको आमा खोज्नेहरुको लागि नेपाल स्वर्ग जस्तै बनेको छ । 


Advertisement



प्रतिक्रिया दिनुहोस्...