स्वीस बैंकमा कालोधन जम्मा गर्ने २ भारतीयको विवरण सार्वजनिक : नेपालीको विवरण पनि सार्बजनिक हुदै
Advertisement

मुम्बाई, जेठ १२ (एजेन्सी) – स्वीटजरल्याण्डले स्वीस बैंकमा कालो धन राख्ने दुई भारतीय महिलाको विवरण सार्वजनिक गरेको छ । बैंकमा कालो धन राख्ने स्नेहलता साहनी र संगीता साहनीको नाम सार्वजनिक गरिएको हो ।

स्वीस सरकारले भारतीय महिलाहरुसँगै बेलायत, स्पेन र रुसका नागरिकहरुको पनि विवरण सार्वजनिक गरेको छ । भारतले स्वीस सरकारसँग कर छली गरी कालोधन जम्मा गर्नेहरुको सुचना सार्वजनिक गर्न माग गर्दै आएको थियो । स्वीस सरकारले भारतीय महिलासँगै अन्य विदेशी नागरिकको पनि विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
यद्यपि स्वीस फेडरल ट्याक्स एडमिनिस्ट्रेशनले दुई महिला सहित अन्य व्यक्तिहरुको अन्य जानकारी सार्वजनिक नगर्न अपिल गर्न ३० दिनको म्याद दिएको छ । उनीहरुले स्विजरल्याण्डको फेडरल एडमिनिष्ट्रेटिव कोर्टमा अपील गर्न सक्नेछन् ।
हाल स्वीस सरकारले दुई भारतीय महिलाहरुको जन्म मितिबाहेक अन्य जानकारी सार्वजनिक गरेको छैन । त्यस्तै अमेरिका र इजरायलका नागरिकहरुको नामको शुरुवाती अक्षर सार्जजनिक गरिएको तर उनीहरुको पुरा नाम सार्वजनिक नगरिएको बताइएको छ । स्वीस फेडरल बजेटमा यो महीना मात्र ४० फाइनल नोटिस प्रकाशित गरिएको छ । आगामी दिनमा अन्य नाम पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यता, स्वीटजरल्याण्डको निजी बैंक एचएसबीसीमा ८ जना नेपालीको ५ अर्ब ३७ करोड ९५४ मिलियन ७३ हजार २२ डलर रहेको खुलासा भइसकेको छ । ‘स्वीस लिक’ ले सार्वजनिक गरेको विवरणमा उक्त बैंकमा ८ जना नेपालीको १२ वटा खातामा उक्त रकम जम्मा भएको देखिएको हो ।
सन् २००७ मा जेनेभामा रहेको एचएसबीसी बैंकका एक कम्प्युटर एक्सपर्टले चारेको उक्त गोप्य दस्तावेजमा विश्वभरका १ लाख खातावालहरुको सूचना रहेको छ ।
विभिन्न देशको खाता हुने बित्तिकै गैरकानुनी नभए पनि कर छल्न, सम्पत्ति लुकाउन उक्त बैंक प्रयोग गरिएको र बैंक समेतले त्यसमा सहयोग गरेको पाइएको छ ।
इन्टरनेसनल कोन्सटोरियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट लगायत विश्वभरका ५० मिडियाहरुले मिलेर यो कुराको खुलासा गरेका थियो।



Advertisement



प्रतिक्रिया दिनुहोस्...