अर्थमन्त्रीका पीएले २७० बण्डल जस्ता बेच्न खोजेपछि
Advertisement

बैंकले विद्यालयलाई दिएको जस्तामा कांग्रेस नेताको घोटाला 
१६ जेठ, काठमाडौं । इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएका छन् ।

विद्यालयलाई दिएको जस्ता बिक्रीमा लैजाँदै गरेको थाहा पाएपछि स्थानीयबासी यतिबेला छहरेमा भेला भएर अर्थमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् ।
बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्‍याइएको थियो ।
अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए ।
गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्‍याउने बताए ।
फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्‍यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो ।
स्थानीयबानसीले अनलाइनखरबलाई दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...