नासाको ठुलो उपलब्धी, पृथ्वी जस्तै ३ ग्रह भेटिए !
Advertisement
वासिङटन, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलेस्कोपले एक महत्वपूर्ण खोज अन्तर्गत पृथ्वीसंग मिल्दोजुल्दो आकारका तीन वटा ग्रहहरूको खोजी गरेको छ । यी ग्रह अन्तरिक्षमा सूर्य जस्तै अन्य ताराहरूको नजिकै ‘गोल्डीलक्स जोन’ मा जीवन अनुकूल क्षेत्रहरूमा पाइएका हुन । तीनमध्ये दुइवटा त पृथ्वी जस्तै चट्टानहरूबाट निर्मित रहेको बताइएको छ ।
वासिङटन डीसी स्थित नासाको मुख्यालयमा साइन्स मिशन निर्देशालय का सहायक प्रशासक जोन ग्रन्सफेल्डका अनुसार अहिले खोजिएका नयाँ ग्रहहरूमध्ये तीन वटा आफ्नो सूर्यको जीवन अनुकूल दूरीमा स्थित पाइएको छ, जहाँ ग्रहहरूको सतहमा पानी रहने सम्भावना रहेको छ ।
केपलर-438 बी आफ्नो ताराबाट ४७५ प्रकाश बर्ष टाढा रहेको छ र लगभग ३५ दिनमा एक चक्कर लगाउँदछन, जबकि केपलर-442 को दूरी १,१०० प्रकाश बर्ष छ र यो ११२ दिनमा तारालाइ एक चक्कर लगाउँदछ । यी दुबै ग्रह हाम्रो सूर्यको तुलनामा चिसा छन र आफ्नो ताराको नजिक यिनीहरूको वातावरण पनि जीवन अनुकूल छ ।

Advertisement



