-बाथरुममा हुँदा भूकम्प भएपछि प्रधान सेनापति सरकारी निवाश छिरेका छैनन्..
Advertisement
५ जेठ, काठमाडौं ।
शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले कार्यालय बस्न नहुने बनाएपछि प्रधान सेनापति गौरवशमसेर राणाको कार्यालय चौरमा खुम्चियो । विदेशी प्रतिनिधि भेट्नेदेखि कार्यालयका दैनिक काम उनी मुख्यालयको चौरमा टाँगिएको टेन्टबाटै गरिरहेका छन् ।
उनको कार्यालय मात्रै हैन, भूकम्प र त्यसका अनुकम्पनबाट सैनिक मुख्यालयका रथी, उपरथीको कार्यालय, विभाग, निर्देशनालय, महाशाखा, शाखा अधिकांश भवन बस्न अयोग्य भएपछि सबै कार्यालय टेन्टमा आइपुगेका छन् ।
प्रधानसेनापतिको सरकारी निवास शशि भवनले समेत भूकम्पको कम्पन र पराकम्पन धान्न सकेन । वैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा राणा पाकिस्तान जाने तयारीमा थिए । उनी बाथरुममा नुहाइरहेका बेला भूकम्प आयो ।
राणाकालीन सो भवनले भूकम्पको पहिलो धक्का धान्न सकेन । भूकम्पको धक्का मत्थर भएसँगै सैनिक अधिकारीहरु निवासभित्र छिरेर राणा र उनको परिवारका अन्यलाई सुरक्षित खुला स्थानमा ल्याएका थिए । त्यसपछि उनी सरकारी निवास छिरेका छैनन् । Source: Nepali Headlines
नागरिक दैनिकबाट ।
Advertisement