"अनुमतिविना नेपाली आकासमा ड्रोंन उडाए कारवाही गरिने
Advertisement

भूकम्पको मौका छोपी नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ । मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने काम गरेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो ।

भूकम्पले क्षतिको छायांकनको नाममा केही दिनदेखि नेपाली आकाशमा अनाधिकृत रुपमा ड्रोन उडान गराई निषेधित क्षेत्रको सूचना तथा तथ्याङक संकलन गरेकोे समेत पाईएको भन्दै नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना मार्फत आइन्दा ड्रोन प्रयोग गरि तस्वीर खिचेको पाईए कारवाहि गर्ने जनाएको हो।
अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा प्राधिकरणबाट उडान अनुमति लिई राज्यले तोकेको ठाउँमा मात्र ड्रोन उडाउन सकिने प्राधिकरणले जनाएको छ । निषेधित बाहेकका प्राधिकरणले तोकेको हवाई क्षेत्रमा तोकिएको शर्तहरुका अधीनमा रहेर मात्रै ड्रोन उडान गर्न प्राधिकरणले आग्रह गरेको छ । बिनाअनुमति ड्रोन उडान गरे नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।यो खबर हामीले नेपालजापान डटकम बाट लिएका हौ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...