अहिले सम्म पछिल्लो पटक भूकम्पमा परी ५२ जनाको मृत्यु (अपडेट)
Advertisement
सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उनले बताए ।
नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर:
नाम्चे नजिकै उडिरहेको हेलिकोप्टरबाट डा ललितले खिचेको भूकम्प लगत्तै पहिरो जाँदै गरेको दृष्य । तस्वीर: @DoctorsForNepal को ट्वीटरबाट
काठमाडौंको टेकु, मातातिर्थ र सामाखुशीमा एक-एकजनाको मृत्यु भएको छ भने ललितपुरको लेलेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मझुवामा १ र नेत्रकालिकामा १ जनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिवन १० सखेपोखरीमा सुखेपोखरी उच्चमावीको पर्खाल भत्किदा स्थानीय सुकमाया मगरको मृत्यु भएको स्थानीय पत्रकार विश्वनाथ ठाकुरले जानकारी दिए । घरबाट भाग्दै गर्दा स्कुलको पर्खालले च्यापिएर रमेश मगर घाइते भएका छन् ।
इटहरीमा पनि एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले गर्दा काठमाडौंमा ७३ ललितपुरमा ७३ र भक्तपुरमा ३२ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते भएका छन्।
त्यस्तै सीतापाईलास्थित एउटा चार तले घर पूरै ध्वस्त भएको थाहा भएको छ भने काठमाडौंको साँखु क्षेत्रमा धेरै घरहरु भत्किएको जानकारी आएको छ । नयाँ बजारमा पनि ४ तले घर लडेको छ । उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको र स्थानीयको अनुमान छ । त्यहाँ सेना र प्रहरी उद्धारमा खटिइसकेका छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालका अनुसार सोलुखम्बुमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् । “सदरमुकाम सल्लेरीका धेरै घरहरु ढलेको हामीले देखिराखेका छौं, क्षतिको विवरण भने आएको छैन,” ढकालले भने ।
दोलखाको बोच गाविसमा रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव भक्तकुमारी लामाका अनुसार चारै तिर धुलो उडिरहेको छ, तुवाँलो लागेजस्तो छ । रामेछापमा ठूलो पहिरो गएको देखिएको पनि उनले बताइन् ।
भूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित मानिसहरु काठमाडौंका सडक र खुल्ला स्थानमा जम्मा भएका देखिन्छन् । भूकम्पबाट दोलखा, रामेछाप, सोलुखुम्बु र सिन्धुपाल्चोकमा धेरै क्षति भएको अनुमान गरिएको छ ।
Advertisement