दोस्रो भूकम्पपछी राजधानीबाट साढे १३ लाख मानिस बाहिरिए
Advertisement

३० बैशाख, काठमाडौं ।
वैशाख १२ गते र २९ गते आएको विनाशकारी भूकम्पका कारण राजधानीबाट
साढे १३ लाख मानिस बाहिरिएका छन् ।

१२ गते आएको विनाशकारी भूकम्पपछि घर जाने मानिसहरुको लागि सरकारले निःशुल्का सवारी साधानको व्यवस्था गरेको थियो । राजधानीको जनजीवन सामान्य बन्दै गएपछि मानिसहरु फर्कने तयारीमा रहेका थिए ।

तर मंगलवार गएको भूकम्पपछि पनि राजधानी आउने तयारीमा रहेकाहरु बीच बाटोबाटै घर फर्किएका छन् । राजधानीमा आउने भन्दा बाहिरिने संख्या बढी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक कोषराज पोखरेलले बताए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...