घरभाडा बढाए प्रहरीलाई खबर गर्नोस्
Advertisement

काठमाडौं– महाभूकम्पपछि काठमाडौं उपत्यकामा धेरै घर ध्वस्त भएको र कतिपय घर बस्नै नमिल्ने भएको वर्तमान परिस्थितिमा काठमाडाैं, ललितपुर र भक्तपुरका केही घरधनीले घर भाडा बढाएको भन्ने सूचनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रलयकारी भूकम्पको विषय परिस्थिति भोगिरहेको र देश नै शोक र त्रासमा रहेको बखत आर्थिक मुनाफाकालागि मानवीय, सामाजिक, नैतिक र कानूनी रुपले पनि पतन हुँदै आर्थिक लाभमा नलाग्न र घरभाडा नबढाउन मन्त्रालयले सबै घरधनीलाई आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विहीबार एक विज्ञप्ती जारी गरी कसैले घरभाडा बढाएको थाहा पाए नेपाल प्रहरीको टेलिफोन नं १००, कल सेन्टरको टेलिफोन नं. १२३४ र सशस्त्र प्रहरी बलको टेलिफोन नं. १११४ मा खबर गर्न सबैलाई आग्रह गरिएको छ।
घरभाडा बढाउने घरधनीलाई कडा कारवाही गर्न सम्बन्धी जिल्लाका प्रमुख जिल्ला अधिकारी निर्देशन दिइएको पनि विज्ञप्तीमा उल्लेख छ।source:nagaricnews



Advertisement



प्रतिक्रिया दिनुहोस्...