मच्छिन्द्रनाथको भोटो अझै भेटिएन्
Advertisement

२५ वैशाख, ललितपुर । बुङ्मतीमा रहेको मच्छिन्द्रनाथको मन्दिरले पुरिएको मच्छिन्द्रनाथ देवताका भोटो अझै भेटिएको छैन ।

गरगहना, गजुर र भोटो खोजी भइरहेको छ । बुङ्मतीमा रहेको मछिन्द्रनाथको मन्दिर भूकम्पमा पूर्ण रुपमा भत्किएपछि मछिन्द्रनाथको केही सामान पुरीएको थियो ।
गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार अहिलेसम्ममा देवताको साना र ठूला गजुर, भिमसेनको मूर्ति तामा र केही सुनको टुक्रा भेटीसकेको छ । तर, मछिन्द्रनाथको आकषर्णको केन्द्र मानिने भोटो भने अहिलेसम्म पनि भेटिएको छैन् ।
भैरवनाथ  र मछिन्द्रनाथको मन्दिर पुर्ण रुपमा भत्किएकाले देवताका धेरै सामानहरु पुरीएका छन् । सबै सामानहरु निकाल्नको लागि अझै पाँच छ दिनको समय लाग्ने प्रमुख अधिकारीले जानकारी दिए ।
यस वर्ष मछिन्द्रनाथको बाह्र वर्षको मेला वैशाख छ गते रथारोहण गरी सुरु भईसकेको थियो । भूकम्पले गर्दा नौँ गतेदेखि सुरु भएको रथ जात्रा समेत स्थगित भएको छ । जात्रा कहिलेबाट सुरु हुने एकिन भएको छैन । source:रासस



Advertisement



प्रतिक्रिया दिनुहोस्...