.भारतको एक गाउँमा पटाका कारखानामा विष्फोटमा परी ११ जनाको मृत्यु
Advertisement

कोलकाता, बैशाख २४ – भारतको पश्चिम बंगालको पश्चिम मिदनापुरमा एक अवैध पटाका फ्याक्ट्रिको एक शाखामा भएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।दुर्घटना बुधवार राति भारतको मिदनापुर जिल्लामा पिंगला क्षेत्र नजिकैको गाउँमा भएको प्रहरीले जनाएको छ । प्रहरीले ११ जनाको मृत्यु भएको जनाए पनि गाउँलेले भने मृत्यु हुनेको संख्या धेरै रहेको जनाएको छ ।

घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको र ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम मिदनापुर प्रहरीले फ्याक्ट्रिका मालिक राम मैती र उनकी श्रीमतीको सोही विष्फोटमा परी मृत्यु भएको र फ्याक्ट्रि भवनको मालिक रञ्जन मैतीलाई गिरफ्तार गरिएको बताएका छन् ।
गाउँलेले पटाका फ्याक्ट्रिसंग सञ्चालन अनुमति नै नभएको र प्रहरीलाई पनि यसबारेमा जानकारी भएको आरोप लगाएका छन् । उनीहरुका अनुसार घटनास्थल र कारखानाको नजिकै रहेको तलाउको छेउछाउमा समेत शवहरु यत्रतत्र छरिएका छन् ।source onlinekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...