पहिरोले बगाएर भीरमा अड्किएको शव सशस्त्र प्रहरी बलले यसरी बाहिर निकाल्यो
Advertisement
चितवन, जेठ ६–
मुग्लिङ्ग–नारायणगढ सडकखण्ड अन्तर्गत चितवन जिल्लाको चण्डिभञ्याङ्ग गाविस ५ स्थित कालीखोला भन्ने स्थानमा गएको पहिरोले बगाउँदा मृत्यु भएका एक व्यक्तिको शव आज दिउँसो भीरमा अड्किएको अवस्थामा फेलापारी एपीएफ टोलीले निकालेको छ ।
मृत्यु भएका सो गाविस ६ का करीव ५० वर्षिय मंगले चेपाङ्गको शव सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारको एपीएफ टोलीले ¥याप्लिङ्ग र क्लाइम्बिङ्गको मेथडबाट भीरबाट निकालेको हो ।
पहिरोले बगाएर ती व्यक्तिको मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कटवालको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली तत्कालै खटिएको थियो । त्यसवेला उक्त टोलीका सशस्त्र प्रहरी जवान डिल्ली भट्टराई साहसिक ढंगले ¥याप्लिङ्ग, क्लाइम्बिङ्ग गर्दै त्यसठाउँमा पुगेर भीरको ढुंगामा अड्कीएको शवलाई सजगताका साथ बिस्तारै तानेर काँधमा राखी सुरक्षित साथ भीरबाट ल्याउन सफल भएका थिए ।
निज चेपाङ्गको शव सडकबाट करीव एक सय मिटर तल तथा त्रिशुली नदी किनारभन्दा केही माथि भीरमा ढुंगाको च्यापमा अड्कीएर खुट्टा मात्रै देखिएको अवस्थामा भेटिएको थियो ।
त्यसठाउँमा गएराति करीव ११ वजे पहिरो गएको थियो । त्यसपछि सो ठाउँमा स्काभेटरको मद्दतले पहिरोलाई आंशिक रुपमा पन्छाएर बाटो खोलिएको थियो । त्यसठाउँमा आज विहान पुनः उक्त पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले निज चेपाङ्गलाई बगाएको थियो । पहिरोले बगाएर विहान करीव साँढे १० बजे निज चेपाङ्ग वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथै उक्त तालिम केन्द्रबाट उद्धार कार्यका लागि एपीएफ टोली खटिएकोे थियो ।
एपीएफ टोलीले करीव पौने घण्टाको प्रयासपछि उक्त भीरबाट निज चेपाङ्गको शव निकालेर स्थानीय प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए
Advertisement