किम कार्दशियन फेरि गर्भवती
Advertisement

चर्चित रियालिटी स्टार किम कार्दशियनले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । उनले आफूले दोश्रो बच्चाको तयारी गरेको बताएकी हुन् । उनले आफूलाई अब डाक्टरको हेरचाहा चाहिएको पनि खुलाइन् ।
केही दिन अगाडि रगत परिक्षण गर्दा आफू गर्भवती भएको थाहा पाएकी किमले सार्वजनिक रुपमै दोश्रो बच्चाको आमा बन्न लागेको बताएकी हुन् ।
किमले आफु दोश्रो पटक सन्तानको आमा बन्न पाउँदा खुशी भएको बताइन् । किमको एक छोरी छिन् । सन् २०१३ जुन १५ मा उनले छाेरीलाई जन्म दिएकी थिइन् । जतिबेला उनी अभिवाहित नै थिइन् ।
उनले आफ्नो रियालिटी शोबाट नै यो कुराको खुलासा गरेकी हुन् । जसमा उनले कसरी विभिन्न प्रकारका टेष्ट गरिन् भनेर देखाइएको छ ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...