.रातभरी भुईचालो कुर्दै…
Advertisement

शनिबार मेरो बिदाको दिन, तर मैले केही समयका लागि अफिस  (नेपाल बाणी रेडियो) जानुपर्ने थियो । बिहान ७ बजेतिर अफिस गएँ, काम गरेर फर्किदा बिहानको दश बजिसकेको थियो । हामी साथीहरूले अघिल्लो दिन नै नमोबुद्ध घुम्न जाने योजना बनाएका थियौं । त्यसैअनुसार हामी सबै काठमाडौंको पुरानो बसपार्कमा आइपुग्दा करिब ११ बज्न थालेको थियो । मौसम पानी पर्ला जस्तो भएकोले केही साथीले ‘कतै नजिकै घुम्न जाऔं’ भने, तर मैले ‘साताको एक दिन मात्रै छुट्टी पाउछु, त्यसैले नमोबुद्ध नै जाने’ भनेर जिद्दी गरे । हामी नमोबुद्ध जाने भनेर बस चढ्यौं । बस गुड्यो, हामी रमाइलो कुरामा मग्न भयौं ।


हामी (म, प्रतिभा प्रज्ञा दिदी, पुजा, पुष्पा, गज्जु (धीरज), कल्पना सबै धनगढीका साथी हौं– कोही स्कूलकालदेखिका त कोही पल्स टुबाट साथी भएका । हामी बसको पछाडीको सीटमा बसेका थियौ, किनकि हामी धेरै थियौं र एकजना साथी ठिमीचोकबाट बस चढ्ने भनेका थिए ।
निकै दिनपछि साथीहरूसंग घुम्न जान पाउँदा मलाई निकै रमाइलो लागिरहेको थियो । रेडियोमा हरेक दिन नौ/दश घन्टा कामको स्ट्रेसबाट आज मुक्त भएर घुम्न पाएकोमा खुसी थिए । साथीहरू कुराकानी गरिरहेका थिए, म कानमा इयरफोन लगाएर गीत सुन्दै बाहिरको दृश्य हेरिरहेकी थिएँ । ठिमीचोकमा मनिष बस चढ्यो, हामीले ताली पिटेर स्वागत गर्‍यौं  । बसका अरु यात्री हाम्रो गतिविधि देखेर मुस्कुराई रहेका थिए ।
सबैजना भगवानको नाम जपिरहेका थिए, म निदाएछु । छिनछिनमा भुईंचालो आयो जस्तो लाग्थ्यो र झसंग हुँदै निद्रा खुल्थ्यो । मलाई त्यो रात सबैभन्दा लामो रात लाग्यो । जसोतसो बिहानको साढे चार बज्यो । हामी घर फर्कियौं । मैले आफ्नो कोठाको ढोका खुलै राखेर बेडमा पल्टिए । निदाउन खोजेको मात्रै थिए गरर्… गरेर भुईंचालो गयो । सबैजना चिच्याउदै बाहिर निस्कियौं ।
म आफ्नै सुरमा गीत सुनिरहेकी थिएँ । एक्कासी बस रोकियो । मैले बाहिर हेरे– हाम्रो बस र एउटा मोटरसाइकल जुध्नबाट धन्न जोगिएछन् । साथीहरूले यो कुरा थाहा पाएनन् । मैले मनमनै सोचे– आज साइत राम्रो छैन । हामी चढेको बस पुरानो थियो । हामी साँगा पुग्न अझैं केही समय बाँकी थियो । मेरो दुवै कानमा इयरफोन थियो । म बाहिर हेरिरहेकी थिए । अकस्मात माथी डाँडाबाट धुँवा उठेको देखे । बसभित्र हेरे– बस ड्राइभर फुत्त बाहिर उफ्रियो । बस हल्लिरहेको थियो । यात्रुहरू सिटबाट जर्‍याकजुरुक उठेका थिए । मैले ‘के भयो’ भनेर ठम्याउन सकिन । म स्तब्ध झैं भए । चेत हराएको मानिस झैं म कसरी बसबाट बाहिर निस्किए, थाहै भएन । यात्रुहरू सबै ‘भूइचालो आयो’, ‘भुईंचालो आयो’ भनेर चिच्याउँदै थिए । मैले केही बोल्न सकिरहेकी थिइन, न अरु साथीहरू नै । त्यत्तिकैमा मोबाइलमा कल आयो । हेरे- घर (धनगढी) बाट आएको रहेछ, अनि मलाई मम्मी भन्ने याद आयो र अचानक होस आए झैं भयो । बुबाले फोन गर्नुभएको रहेछ । सोध्नुभयो– कहाँ छौं, त्यहाँ भुइचालो आयो ? मैले भने– हामी घुम्न बाहिर आएको, बसमा छौं, ठिक छौं । तत्कालै आदित्य भन्ने साथीको फोन आयो– तिमिहरू कहाँ छौ ? ‘हामी ठिक छौं’ मैले भने ।
पर पहाडमा धुँवाको मुस्लो उठिरहेको थियो । हामी केही बेर सडक किनारमा बस्यौं । कन्डक्टरले बसमा चढ्न भन्यो । दुईजना साथी पुजा र पुष्पा बसको ढोका नजिकै उभिएका थिए । पुजा बढी आत्तिएकी थिई । ऊ फर्किने जिद्दी गर्न थाली । हामीले ‘केही हुँदैन, एक्लै जानुहुन्न’ भनेर सम्झाउने कोशिस गर्‍यौं, तर उ मानिन । बस साँगामा पुगेपछि पुष्पा र पुजा ओर्लिए । हामी अघि बढ्यौं । हामी भुईंचालोको कुरा गरिरहेका थियौं । बस बनेपा पुग्यौ । सडकमा मानिसको भीड थियो । गाडीहरू सडकमा लाम लागेका थिए । भुईंचालोको झट्का गइरहेको थियो । मोबाइलमा राम्ररी नेटवर्क थिएन । बसका यात्री ओर्लिरहेका थिए, तर हामी भने अगाडी जाने भनेर जिद्दी गरिरहेका थियौं । सडक किनारमा मान्छेहरूको भीड देखेर मन त आत्तिरहेको थियो, तर पनि हामी अगाडी नै गइरहेका थियौं ।
हामी धुलिखेल पुग्यौं । त्यहा पनि मानिसहरू बाटोमा थिए । हामी भने अझैं पनि ‘नमोबुद्ध’ जाने भनेर ढिपी लिइरहेका थियौं । हामीलाई यतिवेलासम्म सामान्य लागेको थियो । कसैले भनेको सुन्यौं– धरहरा ढल्यो । अब भने हामी पनि आत्तियौं, र फर्किन थाल्यौं । बस आयो, प्रज्ञा दिदी, प्रतिभा, कल्पना, गज्जुले बसमा जाने भने, म र मनिस पैदल नै हिड्यौं । जहातहीँ बाटो, चौर, खाली ठाउँमा मानिस जम्मा भएका थिए । छिनछिनमा भुईंचालो आइरहेको जस्तो लाग्थ्यो । मानिसहरू आत्तिदै कराईरहेका थिए । होहल्ला मच्चिएको थियो । घरबाट दाईको फोन आयो– ‘धरहरा पुरै ढल्यो, कति मरे थाह छैन । भक्तपुर, पाटन, बसन्तपुरमा घरहरू भत्किए रे, राम्रोसँग घर फर्किनु’ । हामी साँगा आइपुग्यौ । बस आइरहेको थिएन । पाँच बजिसकेको थियो । बाटोमा केही घर भत्केको देख्यौं । हामीले बसको प्रतिक्षा गर्‍यौं । एउटा बस आयो, तर त्यो रिजर्भ रहेछ । कन्डक्टरले बस–बस भन्यो, तर केही यात्रीले यो रिजर्भ हो भन्यो । अरु केहीले बस–बस भने । हामी त्यो बसमा सल्लाघारीसम्म आइपुग्यौ । भाडा दिन खोजेको यात्रीहरूले पर्दैन भने ।
जताततै मान्छेको भीड देखेर म आत्तिन थाले । सवारी साधन चलिरहेका थिएनन् । बल्लतल्ल एउटा माइक्रोबस आयो । म माइक्रो चढे, मनिष ठिमी गयो । मेरो मोबाइल फोनमा ब्याट्री कम हुँदै थियो । माइक्रो चालकले कोटेश्वरसम्म जाने कुरा गर्‍यो । बाटोमा धेरै घर चिरा परेका थिए । केही भत्केका थिए । सडकमा ठाउँठाउँमा ठूल्ठूला चिरा परेका थिए– म निकै आत्तिए ।
जताततै मान्छेको भीड देखेर म आत्तिन थाले । सवारी साधन चलिरहेका थिएनन् । बल्लतल्ल एउटा माइक्रोबस आयो । म माइक्रो चढे, मनिष ठिमी गयो । मेरो मोबाइल फोनमा ब्याट्री कम हुँदै थियो । माइक्रो चालकले कोटेश्वरसम्म जाने कुरा गर्‍यो । बाटोमा धेरै घर चिरा परेका थिए । केही भत्केका थिए । सडकमा ठाउँठाउँमा ठूल्ठूला चिरा परेका थिए– म निकै आत्तिए । फोनमा नेटवर्कले राम्ररी काम गरिराखेको थिएन । बानेश्वरको एकजना साथीले लिन आउछु भनेर फोन गर्‍यो । मैले आउनु पर्दैन, म गइहाल्छु भने । माइक्रोबस कोटेश्वरमा रोकियो । मैले केही बेर बस कुरे, तर आएन । अनि म पैदल नै घर (डेरा, लैनचौर) तर्फ लागे ।
अँध्यारो हुन थाल्यो । मेरो मोबाइलको चार्ज सकियो । छिटोछिटो हिँडे । । तिनकुने पुगे, एउटा टेलिभिजनको भ्यानबाट प्रसारण भइरहेको थियो । सडकमा मान्छेको ठूलो भीड थियो । ठूलाठूला घर चर्किएका थिए । म लगभग दौडिदै भृकुटीमण्डप आइपुगे । त्यहा लैनचौर जाने माइक्रोको प्रतिक्षा गरे । दुईजना केटी पनि सायद माइक्रो कुरिरहेका थिए । मैले एक कल गर्न दिनुस् न भनेर अनुरोध गरे । उनीहरूले फोन दिए । मैले भाउजु (म डेरा गरिबस्ने घरमा पसल गर्ने) लाई फोन गरे, तर फोन फेल भयो । तीनचार पटक प्रयास गरे, तर सफल भए । माइक्रो पनि आएन, म पैदल नै हिँडे ।
रत्नपार्क आइपुग्दा निकै अँध्यारो भइसकेको थियो । टुँडिखेलमा निकै मानिस थिए । म रत्नपार्क आकासे पुल नजिक आइपुग्दा एकजना महिलाले सोधिन्– बहिनी घन्टाघर कता हो ? मैले मसंगै आउनु भने र हामी लगभग दुगुर्‍यौं । मैले त्यो दिदीको फोनबाट पनि कल गर्ने प्रयास गरे, तर भएन । ती दिदी काठमाडौंमा नयाँ रहिछन् । उनले मलाई कता जाने भनेर सोधिन् । मैले भने– लैनचौर । उनले लैनचौरमा पनि भुईचालोले केके भयो भन्छन् भनिन् । म झन् आत्तिए । हामी घन्टाघर नजिक आइपुग्यौं । उनको मान्छे त्यहा कुरिरहेका रहेछन् । हामी छुट्टियौं ।
म निकै आत्तिसकेकी थिए । फोनमा चार्ज थिएन । अँध्यारो भइसकेको थियो । मैले चप्पल फुकाले र हातमा बोके, अनि दुगुर्दै जमल पुगे । कान्तिपथमा कतैकतै बाटोमा बत्ति बलेका थिए । दुगुर्दै बल्लतल्ल लैनचौर पुगे । लैनचौर पुरै अँध्यारो थियो । डिडिसी अगाडीको चौरमा मान्छेको भीड लागेको थियो । म आत्तिदै डेरा अगाडी पुगे । घरको गेटमा ताल्चा लगाएको थियो । घरको पेटीमा केही मानिस बसेका थिए । मैले एकजनालाई सोधे– यी घरका मान्छे कहाँ गए ? उसले भन्यो– खैं थाह भएन । म रुन थाले । अब कहा जाउ ? के गरु ? मोबाइल अफ भइसक्यो । सबैको फोन नम्बर पनि थाह छैन । म लैनचौर चोकमा फर्के । चौरमा गएर यताउता हेरे, चिनेजानेको एकजना पनि देखिन । म फेरी घर (डेरा) फर्के । मैले एकजना दाईलाई फोनका लागि अनुरोध गरे । उनको फोन पनि ‘अनअफ’ भइरहेको थियो ।
म रोइरहेकी थिए । निकै डर लागिरहेको थियो । त्यत्तिकैमा फोन लाग्यो । मैले रुँदै सोधे– तपाईंहरू कहाँ हुनुहुन्छ, म यहाँ घरबाहिर उभिएकी छु । ‘हामी घर पछाडीको बारीमा छौं’ भाउजुले ठूलो स्वरमा भन्नुभयो । मैले दाईलाई धन्यवाद भने र बारीतिर दुगुरे । बारीमा सानो पाल लगाएको थियो । भित्रबाट बिशाल (भाउजुको छोरा) ले ‘अनुशा दिदी यता’ भन्यो, म रुँदै पालभित्र पसे । पालमा घरका सबै मानिस रहेछन् । सबै डराएका । सबैलाई देखेर म केही शान्त भए । एउटा दिदिसंग मोबाइल चार्ज गर्ने पोर्टेवल डिभाइस रहेछ । मैले फोन चार्ज गरे । भाउजु, बिशाल सबैले मलाई निकैचोटी फोन र म्यासेज गरेका रहेछन् ।
हामी सुत्ने तरखर गर्दै थियौं, फेरि भुईंचालो आयो । हामी बाहिर निस्कियौं । अब हामीले घरमा नसुत्ने भनेर ओढ्ने, ओच्छाउने कपडा बोकेर नजिकैको बारीमा गयौं । तर , त्यहाँ वरपर ठूल्ठूला घर भएकोले घरमालिकले अर्को ठाउँमा जाने भन्नुभयो । हामी एउटा एकतले टिनले छाएको टहरामा गयौं ।
रेडियोमा समाचार आइरहेको थियो, यति घर ढले, मान्छे मरे, मान्छेको बेहाल । मैले घरमा तथा साथीहरूलाई म्यासेज गरे । राती दश बजेसम्म पालमा बसेपछि हामी कोठमा फर्कियौं । म बस्ने घर चार तलाको छ । सबैजना भूईं तलामा बस्यौं । मेरो कोठामा एउटा बेरेर ठाडो पारेर राखेको कार्पेट मात्रै ढलेको रहेछ । हामी सुत्ने तरखर गर्दै थियौं, फेरि भुईंचालो आयो । हामी बाहिर निस्कियौं । अब हामीले घरमा नसुत्ने भनेर ओढ्ने, ओच्छाउने कपडा बोकेर नजिकैको बारीमा गयौं । तर , त्यहाँ वरपर ठूल्ठूला घर भएकोले घरमालिकले अर्को ठाउँमा जाने भन्नुभयो । हामी एउटा एकतले टिनले छाएको टहरामा गयौं ।
हामी सबै डराएका थियौं । कोही पनि सुत्न सकिरहेका थिएनौ । घरमालिकको सानो नातीले मोबाइलमा गीत सुनेर गाउन र नाच्न थाल्यो, सबैजना केही हासे । सबैजना भगवानको नाम जपिरहेका थिए, म निदाएछु । छिनछिनमा भुईंचालो आयो जस्तो लाग्थ्यो र झसंग हुँदै निद्रा खुल्थ्यो । मलाई त्यो रात सबैभन्दा लामो रात लाग्यो । जसोतसो बिहानको साढे चार बज्यो । हामी घर फर्कियौं । मैले आफ्नो कोठाको ढोका खुलै राखेर बेडमा पल्टिए । निदाउन खोजेको मात्रै थिए गरर्… गरेर भुईंचालो गयो । सबैजना चिच्याउदै बाहिर निस्कियौं ।
२०७२ बैशाख १३ गते :
बिहान सात बजेतिर कोठामा आयौं । हामी सबै मिलेर भूईंतला मै खाना बनाउन थाल्यौं । सबै डरले काँपिरहेका । इंगल्याण्डबाट ठूल्दाईको फोन आयो– ‘बहिनी, तलाईं ठिक छ, घरमा कस्तो छ, हिजोदेखि फोन गर्दैछु, लाग्दै लाग्दैन, तुरुन्त धनगढी गइहाल ।’ मैले भने– हुन्छ । हामीले छिटोछिटो खाना खाएर आफुलाइ चाहिने समान बोकेर फेरी त्यही टहरामा शरण लिन पुग्यौं । अखबार पढ्दा थाहा भयो– भुईंचालोले कति मानिस हताहत भएछन् । कति घर भत्किएछन् । धरहरा ढलेछ । काठामाडौंका ऐतिहासिक सम्पदा सबै ध्वस्त भएका तस्वीर । मन भरिएर आयो । समाचार र तस्वीर हेरेर मलाई त्यहा बस्न झन् गाह्रो भयो । अनि म, मनिष दाई (घरबेटीको कान्छोछोरा), उनको सानो छोरा, बिशाल र शलु त्यहाबाट ठमेलतिर निस्कियौं । केही घर, होटल भत्किएका रहेछन् ।
मेसिनले ढुंगाहरू पन्छाइरहेको थियो । भुईंचालो फेरि कतिवेला जान्छ, थाह छैन । हामी घरतिर फर्कियौं, मल्ल होटेलको बाटो हुदै । लैनचोरको चौरमा मान्छेहरू पाल टाँगेर बसिरहेका थिए । त्यत्तिकैमा प्रतिभाको फोन आयो– भेटौं भनेर । म पर्खिदै थिए । एउटा पसलमा चिसो किन्न गएका मनिस दाई ‘आयो–आयो’ भन्दै कराउदै आउनु भयो । हामी खाली ठाउमा उभियौं । भुईंचालो आउन बन्द भएपछि हामी दुगुरेर हामी बसेको त्यही टहरामा पुग्यौं । घरका पाका मान्छेले हामीलाई हप्काए ।
लौं नौ रेक्टरको भुइचालो जान्छ रे, नवलपरासीमा ज्वालामुखी फुट्यो रे । सबै जना आत्तियौ । मलाई ज्वालामुखीको चाही विश्वास लागेन । किनकि, हामीले ‘नेपालमा ज्वालामुखी आउँदैन’ भनेर पढेका थियौं । तर, कसले मेरो कुरा सुन्ने । हामी सबै लैनचोरको फराकिलो चोकतिर लाग्यौं ।
हामी त्यो टहरामा बसेका थियौं– एक्कासी मनिष दाईं आत्तिदै, कराउदै आउनु भयो– लौं नौ रेक्टरको भुइचालो जान्छ रे, नवलपरासीमा ज्वालामुखी फुट्यो रे । सबै जना आत्तियौ । मलाई ज्वालामुखीको चाही विश्वास लागेन । किनकि, हामीले ‘नेपालमा ज्वालामुखी आउँदैन’ भनेर पढेका थियौं । तर, कसले मेरो कुरा सुन्ने । हामी सबै लैनचोरको फराकिलो चोकतिर लाग्यौं । यतिवेला पौने चार भइसकेको थियो । मैले सोचे– आज जीवनको अन्तिम दिन रहेछ । यति ठूलो भुईचालो आयो भने त हामी कोही पनि बाच्दैनौ होला । घरमा फोन गर्ने प्रयास गरे, लाग्दै लागेन । मलाई रुन आइसकेको थियो । अरु सबैका आँखा पनि रसाएका थिए । सबै डरले निलोकालो भएका । सबै ‘हे भगवान’ जप्दै थिए । म आकाशमा चराहरूलाई हेर्दै थिए । चराको उड्ने संकेतले भुईंचालो आउदै छ भन्ने थाह हुन्छ रे । त्यस्तै, जमिनमा कमिला हेर्दै थिए ।
चार बज्दै थियो । घरमा फोन लाग्यो । बुवाले भन्नुभयो– होइन, त्यस्तो केही हुदैन, आत्तिनु पर्दैन । त्यत्ति नै वेला घरमालिक आउनुभयो र जंगिनु भयो– यस्तो हावादारी समाचार कसले सुनाएको, यस्तो पनि पत्याउने हो ? भएको के रहेछ भने हाम्रो घरमा पहिले डेरा गरिबस्ने बाशु भन्ने एकजना दाईलाई नवलपरासीबाट उनको भाईले फोन गरेर ‘यता ज्वालामुखी फुट्यो र अब झन् ठूलो भुईंचालो जान्छ’ भनेर खबर दिएको रहेछ । बाशुबाट त्यो खबर मनिष दाईले सुनेका रहेछन् ।
सबैले ‘हो अब ठूलो भुईचालो आउँदैन’ भने । तर पनि ६ बजेसम्म त्यही चौरमा बस्ने निधो भयो । मैले सोचे यदि सरकारले राम्ररी सूचना दिएका भए यसरी मान्छे आत्तिदैन थिए । ६ बजेपछि हामी घरमा र्फिर्कयौं । छिटोछिटो खाना बनाएर सुरक्षित स्थान (टहरो) मा गयौं । र, कतिखेर जान्छ भन्दै भुइचालो कुर्दै बस्यौ । अलिकति कतै केही भएमा ‘आयो–आयो’ भन्दै कराउथ्यौं…। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source taja khabar 

Advertisement



प्रतिक्रिया दिनुहोस्...