: महाभूकम्पको पराकम्पन अझै रोकिएन, आज पनि दुई वटा भूकम्पको झड्का
Advertisement

काठमाडौँ, २७ वैशाख - महाभूकम्पको पराकम्पन अझै रोकिएको छैन। आइतबार बिहान मात्रै ४ रेक्टरस्केल भन्दा माथिका दुई वटा भूकम्प गएका छन।

सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर बिहान साढे १ बजे ४ दशमलव २ र बिहान ६ बजेर ३४ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। महाभूकम्प गएको दुई सातापछि पनि पराकम्पनहरु आइनै रहँदा जनता त्रसित भएका छन।
तर ६ रेक्टरस्केल भन्दा कमको भूकम्पमा डराउनु नपर्ने केन्द्रले जनाएको छ। महाभूकम्पबाट मक्किएका घरहरु भने सानो पराकम्पनमा पनि भत्कने सक्ने भएकाले चर्किएका घरहरुमा नबस्न सरकारले आग्रह गरेको छ। चर्किएका र नचर्किएका घरहरु परीक्षण गरेर मात्र बस्न विज्ञहरुले सुझाव दिएका छन।

Advertisement



प्रतिक्रिया दिनुहोस्...