.धरहराको टुप्पाबाट मान्छे उछिट्टिएको देख्दा….
Advertisement
काठमाण्डु,२७ वैशाख-‘ऐया.. मरेँ आमा, मरेँ..’ बच्चाको आवाजले नारायणगोपाल महर्जनको मन द्रविभूत भयो । धरहरा नजिकै बसको टिकट बेच्न बसेका मनकारी महर्जन भूकम्पको झड्कासँगै ढलेको धरहराको भग्नावशेषबाट आइरहेको आवाजतर्फ लागे, उद्धारमा जुटे ।
भग्नावशेषमा हेर्दा १०/१२ वर्षका बच्चासँगै उनका आमाबुबा पनि घाइते भएका थिए । उनले तत्काल दयाराम सापकोटाको सहयोगमा बच्चालाई आमा बुबासहित सकुशल उद्धार गरे ।‘पहिले चिच्याइरहेका उनीहरु बाहिर निकाल्दासम्म बेहोस् भैसकेका थिए । केही समयमा ५/६ जना प्रहरी आएपछि ट्याक्सीमा हालेर अस्पताल पठाइयो र थप घाइतेको उद्धारतिर हामी जुट्यौ’, वैशाख १२ गतेको त्रासदीपूर्ण भैँचालो र त्यसले निमेषभरमाम धुलोमा परिणत गरेको राजधानीको धरोहर धरहरा ढलेपछिको गरिएको उद्धारको विवरण सुनाउँदै उनले भने ।
धरहरा पश्चिमतिर रहेका मुस्लिम समुदायका सबै भाग्न सफल भएपनि नजिकैको पञ्जावी ढावा सञ्चालक बाबु छोरासहित पाँचजना कामदारको इहलीला समाप्त भएको महर्जनले टुलुटुलु हेरे, बच्चाको उद्धारमा जुट्दा ।
‘धरहराको टुप्पोमा पुगेका केही पश्चिमतिरका टहरामा उछिट्टिए । भाग्न खोजेका प्रायः सबैको ज्यान गयो । केही धराहराकै जालीमा समाएर बसे,घाइते भएपनि उनीहरू जीवित भए’ त्यो कालो दिनको पीडा र त्रासदी सुनाउँदै उनले भने ।
त्यहीबेला उनले ललितपुरको हरिसिद्धिस्थित घरमा रहेका आफ्ना बालबच्चा र श्रीमतीलाई सम्भि । आत्तिएका महर्जनले एक हातले घरमा फोन गर्दै अर्को हातले उद्धार गर्न थाले । जब महर्जनले आफ्ना परिवार सकुशल रहेको थाहा पाए दुवैहात उद्धारमा जुटे । यो क्षण उनका लागि जीवनकै अविष्मरणीय क्षण भएर रह्यो ।source:online khabar
Advertisement