फेरि ४.२ रेक्टर भूकम्पको अर्को धक्का महशुस यसको केन्द्र विन्दु काभ्रेमा
Advertisement

काठमाठौँ, २७ वैशाख - फेरि भूकम्पको अर्को धक्का महशुस भएको छ।

आइतबार साढे तीन बजे भक्तपुर र काभ्रेलाई केन्द्र विन्दु बनाएर चार दशमलव २ रेक्टरको भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आइतबार मात्रै अहिले गरि तीन वटा धक्का मसशुस गरिएको छ। सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर बिहान साढे १ बजे ४ दशमलव २ र बिहान ६ बजेर ३४ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। महाभूकम्प गएको दुई सातापछि पनि पराकम्पनहरु आइनै रहँदा जनता त्रसित भएका छन।

तर ६ रेक्टरस्केल भन्दा कमको भूकम्पमा डराउनु नपर्ने केन्द्रले जनाएको छ। महाभूकम्पबाट मक्किएका घरहरु भने सानो पराकम्पनमा पनि भत्कने सक्ने भएकाले चर्किएका घरहरुमा नबस्न सरकारले आग्रह गरेको छ। चर्किएका र नचर्किएका घरहरु परीक्षण गरेर मात्र बस्न विज्ञहरुले सुझाव दिएका छन।

Advertisement



प्रतिक्रिया दिनुहोस्...