शुक्रबार दिउँसोसम्म ५ ओटा धक्का
Advertisement

काठमाडौं, वैशाख २५ । वैशाख १२ को विनाशकारी भूकम्पपछि पराकम्पन जानेक्रम रोकिएको छैन । शुक्रबार मात्रै दिउँसोसम्म ५ ओटा पराकम्पन गएका छन् ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा रसुवा र नुवाकोटको सीमानालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ म्याग्निच्यूडको धक्का महसुस भएको छ ।
दिउँसो १ बजेर ३२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै, बिहान ६ बजेर १७ मिनेटमा दोलखा–सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ५ म्याग्निच्यूड र बिहान ८ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प गएको छ ।
यसअघि, शुक्रबार बिहान २ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४ म्याग्निच्यूडको पराकम्प गएको केन्द्रले जनाएको छ । विहीबार पराकम्पका तीन धक्का महसुस भएका थिए । -

Advertisement



प्रतिक्रिया दिनुहोस्...